JanataToday.com

Advertisment

SKIP THIS

बालबालिकाहरु कस्तो प्रकारको पढाईलाई स्वीकार गर्छन् ? 

बालबालिकाहरु कस्तो प्रकारको पढाईलाई स्वीकार गर्छन् ? 

तिलोत्तमा

वयस्कहरुको तुलनामा बालबालिकाहरु असाधारण र संवेदनशील हुन्छन् । तुलनात्मक रुपमा वयस्कहरु भन्दा उनिहरु निकै सक्रिय र सिकारु हुन्छन् । जुनसुकै सिकाईको प्रकृया उनीहरुको मष्तिष्कले चाडै ग्रहण गर्ने गर्दछ । बालबालिकाहरुलाई आफुले सिक्ने प्रक्रियामा कुनै पनि दवाव र परतन्त्रता मन पर्दैन । उनिहरुमा भएको असाधारण क्षमतालाई उनिहरु बिना रोकावट संचालन गर्न मन पराउछन् ।

बालबालिकाहरु निश्चित उमेरभित्र एकैसाथ तीन वा चारवटा भाषाहरु सिक्न सक्षम हुन्छन् । उमेर अनुकुलको वातावरणमा उनिहरुलाई राखियो भने उनिहरुले विना कठिनाई संगसंगै तीन चार वटा भाषाहरु सिक्न सक्ने क्ष्ँमता उनिहरुमा विद्यमान हुन्छ । दवावमा हैन स्वतन्त्रता पूर्वक नया कुरा सिक्न र नक्कल गर्न बालबालिकाहरु अति नै सिपालु हुन्छन् । त्यस्तै गरी स–साना बालबालीकाहरु सृजनात्मक खेलहरुमा आफ्नै ढगले खेल्न मन पराउने गर्दछन् । तसर्थ उनीहरुलाई सिकाईने विधिमा पर्याप्त सामाग्रीहरुको आवश्यकता पनि पर्दछ । कुनै पनि बालबालीकाहरु खेलप्रति असाध्यै रुची एवं ध्यान केन्द्रित गर्ने हुन्छन् । खेल सामाग्री द्वारा दिइने शिक्षामा उनीहरु आफुलाई रमाईलो उत्सुक र स्वतन्त्र ठान्ने गर्दछन् । तर्सथ भर्खर भर्खरका स–साना नानीहरुलाई सिकाउने क्रममा उनिहरुको उमेर अनुसार खेल सामाग्रीहरुको आवश्यकता पर्ने गर्दछ जुन उनीहरुको भावनात्मक र वौद्घिक विकासको दृष्टिकोणले पनि अत्यन्त महत्वपूर्ण हुने गर्दछ ।

हामीले आफ्नो घरमा पनि देखिरहेका हुन्छौं की जुन वस्तु उनीहरुले देखेर छोएर गरेका हुन्छन् उनीहरुले त्यो कुरा सजिलै बुझ्न सक्छन् । यदी हामीले उनीहरुको उमेर अनुसारको खेलकुद सामाग्री दिने, त्यसलाई एकपटक प्रयोग गरेर देखाउने र यस्लाई यो भन्छ भनेर सिकाउने हो भने उनीहरु त्यो कुरा अत्यन्त रुचिपर्वक अवलोकन गरेर सिक्ने गर्दछन् । यदी हामीले बालबालीकाहरुलाई खेल खेलमा पढ्न सक्ने कुनै शैक्षिक सामाग्री दियौं र बालबालीकालाई ध्यानपूर्ण ढंगले अवलोकन ग¥यौं भने यो कुरा थाहा पाउछौं की बालबालीकाहरुमा कुनै पनि ठोस वस्तु द्वारा सिकिने व्यवस्थामा उनिहरु कति धेरै ध्यान केन्द्रित गरिरहेका हुन्छन् । यो मनोबैज्ञानिक नियम हो कि जहा मानिस आफ्नो रुचिको वस्तु भेट्ने गर्छ त्यहा अत्यन्त सावधानी पूर्ण ध्यान केन्द्रित गर्ने गर्दछ ।

अर्को महत्वपूर्ण कुरा हो बालबालीकाहरु कुनै पनि कुरालाई देखेर, सुनेर , छोएर, प्रयोग गरेर अनुभव एवं महशुस गर्ने गर्दछन् । उनीहरुलाई अमूर्त शब्द पटक पटक दोहो¥याएर वा घोकाएर यस्तो अनुभव वा महशुस गराउन सकिदैन । त्यसैेले बालबालीकाहरुलाई वस्तु एवं खेलसामाग्री द्वारा शिक्षण सिकाई आरम्भ गर्दै क्रमश ः शाब्दिक ज्ञान अर्थात अमूर्त तर्फ लग्न सजिलो हुन्छ ।

हामिले ख्याल गरेको भन्दा अनि हामिले सोचेको भन्दा पनि बालबालिकाहारु धेरै नै अगाडि छन् भन्ने हामी बुझ्नु पर्ने हुन्छ । आजको जमाना या भनौं युग जे भने पनि बालबालिकाहरु मोबाइल,कम्प्युटर, ल्यापटप मा हामी भन्दा छिटो जान्ने भएको हामीले पाउ“छौं । यो अहिले बालबालिकाको रोजाइको वीषय पनि बनेको छ । कतिपय कुराहरु वातावरण, समुदाय , छरछिमेक अनि हामी आफैंका कारण पनि बालबालीकाहरु यी बिद्युतीय सामाग्री एवं उपकरणमा बढी आर्कषित बन्ने गरेका छन् ।

बालबालीकाहरुलाई हामी जस्तो वातावरणमा राख्छौं वा उनीहरुलाई हामी जस्तो व्यवहार गरीरहेका हुन्छौं सोही अनुरुपको उनीहरुको आनीबानी व्यवहार निर्माण हुन्छ । जब बालबालीका शिक्षा हासिल गर्ने क्रममा विद्यालय जान्छन् तब उनीहरु घरमा भन्दा केही डराएको भाव उनीहरुमा आफसेआफ देखा पर्दछ । बालबालीकाहरु विद्यालयमा जसरी कक्षाकार्य गरीरहेका हुन्छन् त्यतीनै मात्रामा घरमा गृहकार्य गर्न मान्दैनन् । किनकी उनीहरुको बालमष्तिष्कमा विद्यालय वा स्कूल भन्नाले केही सिक्नुपर्ने केही गर्नुपर्ने तथा अनुसासीत हुनुपर्छ भन्ने मानसिकता उनीहरुमा परिसकेको हुन्छ । जुन कुरा विद्यालयमा सिकेको हुन्छ त्यही कुरा घरमा बुबा आमा वा परीवारको कुनै सदस्यले भनेर उस्ले विश्वास गर्दैन । विद्यालयमा हामी जस्तो शिक्ष्ाँ प्रदान गर्छौ त्यही उनीहरुलाई ठिकलाग्छ । गलत नै रहेछ भने पनि घरमा यो गलत हो भन्यो भने उ त्यो मान्न तयार हुदैन उसले भन्छ हैन यही सही हो वा यही ठिक हो मेरो शिक्षक वा शिक्षिकाले भन्नुभएको भनेर उ जीद्घी गर्ने गर्छन ।

त्यसैले बालबालीका भनेको कुमालेको काचो माटो जस्तै हुन उनीहरुलाई जस्तो बनायो त्यस्तै बन्छन् । बालबालीकाको सीकाईमा एकोहोरो विद्यालय मात्र पनि केही गर्न सक्दैन कीनकी परिवार उसको पहिलो पाठशाला हो । पहिलो पाठशाला भएका कारण पनि परिवारको दायीत्व बालबालीका प्रति झनै ठूलो हुने गर्दछ । बालबालीका सग कुराकानी गर्दा को सग कस्तो आदर सम्मान गर्ने त्यो ख्याल पु¥याउनु अति आवश्यक हुन्छ । बालबालीकाहरु हामी प्रति गहिरो निगरानी राखेका हुन्छन् उनीहरु हाम्रो सानो भन्दा सानो गल्ती पनि टपक्क टिपेका हुन्छन् । त्यसैले उनीहरुको अगाडी उच्च आदर भाव प्रकट गरेर उनीहरु प्रति व्यवहार गर्नु पर्दछ ।

बालबालीकाको मष्तिष्क बयस्कको तुलनामा कैयौं गूणा छिटो र शक्तिशाली मानीन्छ । जसको कारण बालबालीकाहरु बयस्कहरुको तुलनामा जुनसुकै कुरा भाषा वा सिकाई चाडो सिक्ने हुनछन् । बालबालीकाहरुलाई उनीहरुकै चाहना, रुची र क्षमता अनुसार सिक्ने वातावरण दिईने गर्नु पर्दछ । उनीहरुले कुनै पनि काम गर्दा वा सिकाई सिक्दा आफुभन्दा ठूला वडाले गर्ने हस्तक्ष्ँपको कारण उनीहरु निरुत्साहित हुने गर्दछन् । जस्ले गर्दा उनीहरुमा मानसिक खिन्नता र दुरुत्साहको वातावरण उत्पन्न हुने गर्दछ ।

शिक्षाको एउटा प्रमुख लक्ष्य भनेको कुनै पनि व्यतिmलाई सकभर बढि से बढि आत्मनिर्भर बनाउनु हो तर हामी स–साना काम पनि बालबालिकाहरुलाई गर्ने अवसरबाट वञ्चित गरिदिन्छौं अथवा तिमीले सक्दैनौ , जान्दैनौ भनेर उनीहरुका क्ष्ँमता माथि रोक लगाउने गर्छाैं । जस्ले गर्दा हामी उनीहरुलाई अनावश्यक संरक्षण दिएर हरेक स–साना कामहरु जो उनीहरु स्वयं गर्न सक्दछन् त्यसबाट वञ्चित गरेर उनीहरुलाई हुर्काउछौं – क्रमशः ठूला भएपछि पनि उनीहरुमा त्यो गूण विकास भएको हामी पाउ“दैनौ । अनि कसरी विकसित हुन सक्छ उनीहरुमा आत्मनिर्भरता ?यस्तो वातावरणमा हामीलेनै हुर्काएका बालबालीकाहरुलाई ठूलो भैैसकेपछि एकैपटक त केहि पनि जान्दैनस् त मा केही काम गर्ने ढग पनि छैन भनेर हप्काउने गर्दछौं ।

बालबालिकाहरुलाई उनीहरुकै उमेर एवं क्षमता अनुसार अनुभव र गराईबाट वञ्चित गराउनु भनेको उनीहरुको शारिरीक वा मानसिक क्ष्ँमताको हिंसा गर्नु सरह हो । त्यसैले पनि बालबालिकाहरुलाई गाली गरेर अथवा पिटेर जबरजस्ति हैन की नम्र भएर आदर पुर्वक सिकाउदा सिकाई प्रभावकारी हुन्छ ।

प्रकाशित मिति : शनिबार, बैशाख ३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij