JanataToday.com

Advertisment

SKIP THIS

पेट्रोलमा २० र डिजलमा प्रतिलिटर २८ रुपैयाँ मूल्य घटाउने सरकारको घोषणा

पेट्रोलमा २० र डिजलमा प्रतिलिटर २८ रुपैयाँ मूल्य घटाउने सरकारको घोषणा

काठमाण्डाै – सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आज पत्रकार सम्मेलन गरी करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिनुभयो । मन्त्री बडूका अनुसार डिजलमा २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरिएको छ ।

कर कटौती भएसँगै अब पेट्रोल १ सय ७९ रुपैयाँ र डिजल प्रतिलिटर १ सय ६४ पर्नेछ । यसअघि आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सरकारलाई पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारलाई निर्देशन दिएको थियो ।

नेपाल आयल निगमले पछिल्लो पटक डिजल र मट्टीतेलमा समान २७/२७ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँले भाउ बढाएको थियो । अहिले पेट्रोल प्रतिलिटर १ सय ९९ रुपैयाँ र डिजल/मट्टीतेल प्रतिलिटर १ सय ९२ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : शनिबार, असार ११ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij