काठमाण्डाै – आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी सङ्गठनमार्फत विश्वभर सहकारी दिवस मनाउन थालिएको हो ।
यस वर्ष ‘सहकारीले अझ राम्रो विश्व निर्माण गर्छ’ भन्ने नाराका साथ विश्व सहकारी दिवस मनाउन लागिएको छ।
नेपालसहित विभिन्न देशमा जुलाईको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।
दक्षिण एसियाली देशहरु नेपाल, बङ्लादेश, भारत र पाकिस्तानमा सहकारीको प्रभाव बढी छ । नेपालको पहिलो सहकारी बखान २०१३ चैत २० गते स्थापना भएको थियो । त्यसै दिनको सम्झनामा हरेक चैत २० गते राष्ट्रिय सहकारी दिवस समेत मनाउने गरिएको छ ।
स–साना व्यवसायीदेखि ठूला उद्याेपतिसम्म बचत अनि लगानीको जोखिम घटाउन निश्चित रकम जम्मा गर्ने या थोरै किस्ता नियमित तिरेर ठूलो रकम सापट लिने दिने गरिन्छ । सहकारीको उद्देश्य बचत, सापट र जोखिम न्यूनीकरणका लागि बीमा हो ।
यसैबीच अबदेखि सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा सूचना प्रविष्ट नगर्ने सहकारी संस्थालाई तीन लाख रुपैयाँसम्म जरिबाना हुने भएको छ । सहकारी ऐन–२०७४ मा कोपोमिसमा सूचना प्रविष्ट नगर्ने सहकारीलाई तीन लाख रुपैयाँसम्म जरिबाना गर्ने व्यवस्था छ ।
अहिलेसम्म १५ हजार सहकारी संस्थाले कोपोमिसको पासवर्ड लगे पनि नौ हजारले मात्रै विवरण प्रविष्ट गर्ने गरेको नेपाल सहकारी विभागले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, असार १८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्