काठमाण्डौ ।
कोरोना विरुद्धको खोप लगाउन छुटेको भए तत्काल लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फेरि बढेसँगै मन्त्रालयले खोप लगाउन छुटेको भए खोप लगाउन आग्रह गरेको हो ।
सरकारले प्राथमिकतामा राख्दाराख्दै पनि केही व्यक्ति खोप लगाउनबाट छुटेका पाइएकाले उनीहरुलाई खोप लगाउन आग्रह गरिएको हो ।
खोपले सङ्क्रमण भए पनि जटिल अवस्था निम्तन नदिने भएकाले खोपको महत्त्व बुझ्न स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आग्रह गर्नुभयो । ुकतिपयको बुझाइ खोप लगाएपछि पनि कोरोना सङ्क्रमण हुने रहेछ किन खोप लगाउनु पर्यो भन्ने रहेको छु अधिकारीले भन्नुभयो – ुखोपले सङ्क्रमण रोक्ने होइन । जटिल अवस्था हुनबाट र ज्यान जाने जोखिमबाट रोक्ने हो ।ु
कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि जनस्वास्थ्यका मापदण्ड पालना नै एक मात्र उपाय भएको डाक्टर अधिकारीले बताउनुभयो । खोप लगाइसकेका र खोप लगाउन बाँकी रहेकाहरुले स्वास्थ्यको मापदण्ड पालना गरे सङ्क्रमण फैलिन नपाउने उहाँको भनाइ छ ।
घरबाट बाहिर निस्कँदा मास्क अनिवार्य लगाउन, भौतिक दूरी कायम गर्न र बेलाबेलामा साबुन पानीले मिचिमिची हात धुन वा स्यानिटाइजर लगाए सङ्क्रमणबाट बच्न सकिन्छ । कोरोनाका कारण पछिल्लो साढे २ महिनामा हिजो र अस्ति एकरएक जनाको ज्यान गएको छ । ज्यान गुमाएका दुवै जनाले खोप नलगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, साउन ३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्