काठमाण्डाै – पछिल्लो २४ घण्टामा चार सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार ६ सय ९९ जनाको नमूना परीक्षण गर्दा चार सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो कूल परीक्षणको ११ दशमलव ८४ प्रतिशत हो । यस्तै थप दुई सय ७७ जना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणको कारण दुई जनाको ज्यान गएको छ । अहिले नेपालमा चार हजार तीन सय ६९ जना सक्रिय संक्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा ५८ हजार पाँच सय ५९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
प्रकाशित मिति : शनिबार, साउन १४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्