सिद्धबाबा सुरुङमार्ग निर्माणको काम असोजबाट अघि बढ्ने

सिद्धबाबा सुरुङमार्ग निर्माणको काम असोजबाट अघि बढ्ने

रुपन्देही ।

सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि डिजाइनको काम जारी छ । ९ महिनाभित्र डिजाइन सक्ने गरी काम अघि बढाइएको सडक विभागले जनाएको छ ।

५ वर्षको ठेक्का अवधिमा ९ महिना डिजाइनलाका लागि छुट्याइएको हो ।विभागका उपमहानिर्देशक एवं प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार माघमा सुरु भएको डिजाइनको काम असोजभित्र सक्नुपर्ने छ । डिजाइनको काम सकिएपछि असोजबाटै निर्माणको काम अघि बढ्ने विभागको भनाइ छ ।

यसको ठेक्का इपीसी इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन० मोडलमा भएको हो । जसअनुसार डिजाइनको काम निर्माण व्यवसायीले नै प्राविधिकमार्फत गरेर सडक विभागलाई बुझाउनु पर्छ । विभागले डिजाइन स्विकृत गरेपछि मात्र निर्माणको काम अघि बढ्ने प्रवक्ता अधिकारीले बताए ।

‘बुटवलमा यसको योजना कार्यालय राख्ने र त्यसैले निर्माणको काम हेर्ने छ,’ प्रवक्ता अधिकारीले भने, ‘डिजाइनसहित ठेक्काको समयावधि पाँच वर्ष हो ।’ सुरुङसम्बन्धी मापदण्ड बनेकाले त्योअनुसार डिजाइनको काम भएरनभएको हेरेर मात्र निर्माणको काम अघि बढाउन दिइने विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । उनका अनुसार सुरुङ निर्माण गरेको ५ वर्षसम्म त्यसको मर्मतसम्भारको काम ठेक्का लिने निर्माण व्यवसायीले नै गर्नुपर्ने छ ।

यसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । सुरुङमार्गको ठेक्का रकम ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ रहेको छ । सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले समयमै काम नगर्ने कर्पोरेसनलाई गत फागुनमा सुरुङमार्ग निर्माण गर्न दिनेगरी छनोट गरेको हो । ठेक्का अनुुसार ३ सय मिटर आपतकालीन सुरुङमार्ग पनि निर्माण गर्नुपर्नेछ । मुख्य सुरुङको दूरी १।१ किलोमिटर रहनेछ ।

प्रकाशित मिति : शनिबार, साउन २१ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij