बुटवल
बुटवल उपमहानगरपालिका मा रहेको शुभलाभ बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शुभलाभको लक्ष्य सु्खी र समृद्ध सदस्य भन्ने अवधारणका साथ आज बुटवलमा सम्पन्न भएको छ । बुटवलको वडा नं ८ मा रहेको उक्त सहकारी संस्थाको वार्षिक साधारण सभाले सहकारी सिद्धान्त अनुरुप आफना सदस्यहरुको आर्थिक तथा समाजिक बिकासको लागि सेवा तथा सुविधा उपलब्ध गराउन वितिय कारोबार मात्र नभै हरेक सदस्य संग केन्द्रित रहेर सामाजिक कृयाकलापमा जोडिएर सदस्य केन्द्रित कार्यक्रम संचालन गर्ने संस्था प्रयत्नसील रहेको बिश्वास दिलाउदै विगतका कार्यक्रमलाई निरन्तरता दिने गरि कार्यसमितिको तर्फबाट अध्यक्ष लालकाजी राजभण्डारीले प्रस्तुत गर्नुभएको प्रस्तावलाई पारित गरेको छ ।
साधारण सभामा अध्यक्ष लालकाजी राजभण्डारीले शेयर सदस्यको निधन भएमा परिवारलाई १५ हजार उपलब्ध गराउने व्यबस्था, दुई लाख रुपैंया बराबरको दुर्घटना बिमा, महिला सदस्य सुत्केही हुँदा उपलब्ध गराउने ३ हजार रुपैंया प्रसुति स्याहार खर्चलाई यथावत सञ्चालन गर्न प्रस्ताव गर्नुभएको थियो ।

त्यस्तै संस्थाका शेयर सदस्यका लागि सहकारी सम्बधी अभिमुखीकरण तालिम गरिएको , जेष्ठ नागरिकलाई भ्रमण तथा तिर्थाटन सम्पन्न गरिएको तथा आगामी वर्ष पनि ती कार्यक्रमलाई निरन्तरता दिने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
शेयर सदस्यको सहुलियत दरमा स्वास्थ्य परिक्षण गर्ने कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिईएको उपसभापति बसन्तकुमार जोशीले जानकारी गराउनु भयो । त्यस्तै सिमल डेन्टल केयर र सहकारी बिच स्वस्थ्य सम्झौता गरिएको सचालक समिती सदस्य विन्ध्या केशर जोशीले जानकारी गराउनुभयो ।
साधारण सभाको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिका सहकारी शाखा प्रमुख गुणाकर खनालले सहकारीलाई नियमन गर्ने तीन तहमा व्यबस्था भएपनि संघ र प्रदेशमा संयन्त्र नै नबनेका कारण समस्या देखिएको बताउनु भयो । उहाँले सहकारीले बचत जम्मा गर्ने र ऋण लगानी गर्ने मात्रै भन्दा पनि अव सहकारी ऐनमा व्यबस्था भए अनुसार ३० प्रतिशत मुख्य काम सहित उत्पादन मुलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले नीति, बिधि र प्रविधी अंगालेर काम गर्न पनि सुझाव दिनुभयो ।

संस्थाका संस्थापक तथा सल्लाहकार अमृतलाल श्रेष्ठ ,नुमाकान्त चपागाइ ,निर्वतमान अध्यक्ष प्रेमप्रकास शर्माले आफनो भनाई राख्नुभएको थियो । शेयर सदस्य तर्फबाट रमेश प्रसाद बस्यालले आफनो मनतव्य राख्नुभएको थियो त्यसै अवसरमा सहकारीको सदस्य बृद्धिमा विशेष योगदान गरेका शेयर सदस्य लाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।साथै संस्थका जेष्ठ नागरिकलाई प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।कक्षा १२को परिक्षामा उत्कृष्ट हुने शेयर सदस्यका छोराछोरीलाई समेत सम्मान गरिएको थियो । साधारण सभामा कोषाध्यक्ष प्रविणमान श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन समेत सर्वसम्मतले पारित भएको छ । कार्यक्रममा सस्थाका उपसभापति बसन्त कुमार जोशीको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रम सस्थाका सचिव ज्ञान बहादुर पुनले सञ्चालन गर्नु भएको थियो



प्रकाशित मिति : शनिबार, भाद्र १८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्