काठमाण्डाै – पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण दुई जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार १४ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ८७ जनाको नमुना परिक्षण गर्दा एक सय चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही अवधिमा दुई सय एक जना निको भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार तीन सय १६ जनामा झरेको छ ।
पछिल्लो २४ घण्टामा आठ हजार चार सय १२ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र २६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्