JanataToday.com

Advertisment

SKIP THIS

सहकारीलाइ शिप र उद्यमशीलतासंग जोडौंः–नगरप्रमुख खाण,अध्यक्षमा पुनः देवकोटा

सहकारीलाइ शिप र उद्यमशीलतासंग जोडौंः–नगरप्रमुख खाण,अध्यक्षमा पुनः देवकोटा

तिलोत्तमा सहकारीमा पुनः देवकोटा

बुटवल

तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले सहकारीहरुलाइ शिप र आय आर्जनसंग जोडेर उद्यमशीलता विकासमा प्रभावकारी भुमिका खेल्नु पर्ने बताएका छन । तिलोत्तमा बहुउद्येस्यीय सहकारी संस्था लिमिटेडको २६ औँ साधारण सभा तथा १० औं अधिवेशनको आज रुपन्देहीको तिलोत्तमा ३ योगीकुटीमा उदघाटन गर्दे नगरप्रमुख खाणले सो कुरा बताएका हुन । नगरप्रमुख खाणले सहकारीहरुले संचित निक्षेपलाइ आयमुलक तथा उत्पादनमुलक क्षेत्रमा लगानी गरी युवा तथा महिलाहरुलाइ उद्यमशीलतासंग जोड्न सके समाजमा व्याप्त बेरोजगारी,कुलत तथा हिंसात्मक घटनाहरुलाइ समेत न्युनीकरण गर्न सकिने बताए । शेयर सदस्यहरुको माग र आवश्यकता अनुरुप चेतनामुलक र शिपमुलक कार्यक्रमहरु गरी उद्यमशीलताको विकासमा जुटन आग्रह गर्दै उनले त्यसमा नगरपालिकाले सहकार्य गरेर अगाडी बढ्ने बताए । ‘सभ्य समाज निर्माणमा आर्थिक शसक्तिकरणको महत्वपूर्ण भुमिका हुने भएकाले जनचेतनामुलक र आयआर्जन मुलुक कार्यक्रमहरु संचालनकालागि नगरपालिकाले सहकारीहरुसंग सहकार्य गर्नेछ’ नगरप्रमुख खाणले भने । आर्थिक र नेतृत्व क्षमता विकास एकै सिक्का दुइ पाटा भएको उल्लेख गर्दै उनले तिलोत्तमा सहकारीले युवा र महिलाहरुको क्षमता विकासमा महत्वपूर्ण भुमिका खेल्दै आएकोमा प्रशंसा गरे । सहकारीको नेतृत्वले आर्थिक सुशासन,पारदर्शीता र गतिशिलतालाइ विशेष ध्यान दिदैं सदस्यहरुको विश्वास जितेर काम गर्नु पर्नेमा जोड दिए ।

No description available.

सहकारीका अध्यक्ष माधवलाल देवकोटाको अध्यक्षता र सचिव पार्वती थापाको संचालनमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि सल्लाहकार तथा जेष्ठ सदस्य प्रेमबहादुर भण्डारी, तिलोत्तमा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष डिलबहादुर भट्टराइ, सहकारीका संस्थापक अध्यक्ष यामबहादुर खत्री,सल्लाहकार बाबुराम अधिकारी, भुपू सैनिक बहुउद्येस्यीय सहकारी संस्थाका अध्यक्ष राजकुमार केसी, जनविकास कृषि सहकारीका अध्यक्ष हरिलाल पाण्डे,शेयर सदस्यहरु दामोदर खनाल,यवकुमारी कार्की,सिष्टर सोसाइटीका सचिवालय अध्यक्ष यादा क्षेत्री लगायतले बोल्दै तिलोत्तमा सहकारीले आफना शेयर सदस्यहरु मार्फत आर्थिक तथा सामाजिक सशक्तिकरणमा महत्वपूर्ण भुमिका खेलेको बताए ।

साधारण सभाले अध्यक्ष माधवलाल देवकोटाले प्रस्तुत गरेको बार्षिक प्रतिवेदन, लेखा समिति संयोजक शान्ता कार्कीले प्रस्तुत गरेको लेखा परिक्षणको ५५ करोड,७५ लाखको वासलात प्रतिवेदन र कोषाध्यक्ष प्रदिप पराजुलीले प्रस्तुत गरेको ७ करोड ६२ लाख ३० हजारको आगामी आर्थिक बर्षको अनुमानित आयव्यय सहितको आर्थिक प्रतिवेदन पास गरेको छ । देवकोटाको नेतृत्वमा नयाँ कार्यसमिति निर्बिरोध निर्वाचित तिलोत्तमा बहुउद्येस्यीय सहकारी संस्था लिमिटेडको १० औं अधिवेशनबाट माधवलाल देवकोटाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा पावर्ती थापा,सचिवमा सिता पौडेल,कोषाध्यक्ष प्रदिप पराजुली निर्विरोध निर्वाचित भएका छन । त्यस्तै सदस्यहरुमा जोवनसिंह ठकुरी,गोविन्द्र प्रसाद शर्मा,लालबहादुर शाह गुप्ता,गीतादेवी भुसाल पौडेल,हिरा पौडेल,मधुकला अर्याल र सुजता शर्मा पौडेल, पदेन सदस्यमा पुर्व अध्यक्ष ढालबहादुर कार्की र यादा क्षेत्रीलाइ चयन भएका छन ।

लेखा सुपरिवेक्षण समितिको संयोजकमा कुलबहादुर भण्डारी,सदस्यमा गिरीराज ज्ञवाली र वीना मल्ल चयन भएका छन । नवनिर्वाचित अध्यक्ष,पदाधिकारी तथा सदस्यहरुलाइ निर्वाचन समितिका संयोजक टेकबहादुर थापा,सदस्यद्धय माधव घिमिरे र रिता अर्यालले प्रमाणपत्र प्रदान गरे । सहकारीका नवनिर्वाचित अध्यक्ष माधवलाल देवकोटाले विगतको शाखलाइ जोगाउँदै नीति,विधी र प्रविधिमैत्री ढंगबाट सहकारीलाइ संचालन गरी आर्थिक शुसाशन र पारदर्सीता कायम गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : शनिबार, मंसिर २४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij