मौलिकता जोगाउन बुटवलमा चौथो सडक खाना महोत्सव , कोभिडले थला परेको अर्थतन्त्र चलायमान हुने विश्वास

मौलिकता जोगाउन बुटवलमा चौथो सडक खाना महोत्सव , कोभिडले थला परेको अर्थतन्त्र चलायमान हुने विश्वास

बुटवल -राष्ट्रको आर्थिक विकासको प्रमुख मेरुदण्ड मानिने पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले विगतका वर्षमा जस्तै यस वर्ष पनि होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले चौथो “बुटवल सडक खाना महोत्सव“–२०७९ गर्ने भएको छ ।
अतिथि देवो भव, “नेपाली मौलिक कला संस्कृति तथा खानपानका पतिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्र्धन र रोजगारीको सृजना हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना गरिएको सडक खाना महोत्सवको तयारी पूरा भएको बिहीबार आयोजक संस्था होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देही, बुटवलले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । उक्त महोत्सवले यस क्षेत्रको पर्यटन विकास, कला संस्कृति र मौलिक खानपान परिकारको प्रचारप्रसारका साथै बजारीकरण लगायतमा टेवा पुग्ने विश्वास लिएको आयोजकले वताएको छ ।
बुटवल उपमहानगरपालिका वडा न–९ कालिका पथको तिनकुनेदेखि उत्तरतर्फ नयाँ बसपार्क सम्मको सडकमा यही पुस १५, १६ र १७ गतेसम्म तिन सम्म सञ्चालन हुने जनाईएको छ । महोत्सवमा यस क्षेत्रमा सञ्चालित होटल तथा रेष्टुरेण्टहरुबाट उत्पादित विभिन्न परिकाहरुका साथै जिल्लाभित्र र बाहिर विभिन्न जातजातिका खानाका परिकारको प्रदर्शनी तथा बिक्रीवितरण एवं राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुति राखिने पत्रकार सम्मेलनमा उल्लेख गरिएको थियो ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर संघको आयोजनमा ०७५ साल देखि शुरु गरिएको सडक खाना महोत्सव ०७६ सालमा पनि भव्यरुपमा सम्पन्न गरिएको थियो । तर, ०७६ चैतदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण महोत्सव हुन सकेको थिएन । कोरोनाको प्रभाव विस्तारै घट्दै गएपछि पुनः ०७९ बैशाख १ गते एकदिने तेस्रो कला संस्कृति तथा खाना महोत्सव बुटवलको हिलपार्क उद्यान परिषदमा गरिएको थियो ।
अहिले लगाउन थालिएको स्थान भने, फेरिएको छ । पहिले कालिका पथ अन्तर्गत पर्ने तीनकुनेदेखि होराइजन चोक सम्म लगाईएको थियो भने, हाल नयाँ बसपार्क देखि तिनकुने सम्म आयोजना गरिएको वताईएको छ । जसले गर्दा बुटवलको कालिका पथलाई उज्यालो शहरको रुपमा विकास गर्दै रात्रीकालिन व्यवसाय सञ्चालन गर्न खाना महोत्सव कोसेढुङ्गा सावित हुने अपेक्ष गरिएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष राम प्रसाद गौतमको भनाइ छ । पहाडी जिल्लाहरुको प्रमुख शहर मानिने बुटवलमा पछिल्लो समय निर्माणाधीन अवस्था रहेका दुईवटा केबुलकार, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रर्दशनी स्थल लगायतका भौतिक संरचनाको तिव्र विकासमा खाना महोत्सवले थप आन्तरिक तथा बाह्य आगन्तुक पर्यटकहरु भित्रिने र यहाँको सबैको क्षेत्रहरुको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । चौथो खाना महोत्सवका लागि अस्थायी टेन्ट संरचनामा विद्युत्, खानेपानी, सरसफाई लगायत व्यवस्थापनमा करिव २५ लाखभन्दा वढि खर्च हुने अनुमान गरिएको र बिभिन्न प्रकृतिका १ सय वटा स्टलहरु राखिने आयोजकले जानकारी दिएको छ । साँझ ६ बजेदेखि राती १२ बजेसम्म सञ्चालन हुने महोत्सव अवधिभर करिव १ करोड बरावरको आर्थिक कारोवार हुने र १ लाखभन्दा वढि दर्शकहरुले अवलोकन गर्ने लक्ष्य रहेको छ । शुक्रवार उद्घान गरिने छ । बिभिन्न जातजातिको साँस्कृतिक पहिचान झल्किने झाँकी सहितको र्याली निकालिने र बजार परिक्रमा गरिने छ । खाना महोत्सवको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वेलुका ५ बजे गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
महोत्सवलाई व्यवस्थित गराउन २३ वटा बिषयगत उपसमिति गठन गरिएको छ । सडक खाना महोत्सवको पर्यटन ग्रामिण तथा शहरी विकास मन्त्रालय पर्यटन परिषद् सह–आयोजक, बुटवल उपमहानगरपालिका प्रवद्र्धक रहेको छ । मुख्य प्रायोजकको रुपमा गोर्खा ब्यूअरी छ भने, सहप्रायोजकमा सागर डिष्टीलरी प्राली र होटल एभरेष्ट इन हस्पिटालिटी पार्टनरमा रहेको छ ।

 

 

प्रकाशित मिति : बिहिबार, पुष १४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij