JanataToday.com

Advertisment

SKIP THIS

व्यूटीसियन संघ बुटवलमा पुन न्यौपाने

व्यूटीसियन संघ बुटवलमा पुन न्यौपाने

बुटवल -नेपाल व्यूटिसियन संघ बुटवल उपमहानगर समितिको अधिवेशनले पुन मनु न्यौपानेको अध्यक्षतामा नयां कार्य समिति चयन गरेको छ । संघको साधारण सभा तथा अधिवेशनवाट सर्बसहमतीमा कार्य समिति चयन भएको हो । विधान अनुशार कार्य समितिका ९ जना पदाधिकारी सदस्य निर्वाचित भएका छन् भने दुई जना सदस्य अध्यक्षले मनोनित गर्ने सघले जनाएको छ । संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष शान्ती शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका वक्ताहरुले व्यवसायीक दक्षता र क्षमता बृद्धिका लागि संस्थागत एकता गर्दै रचनात्मक कार्य गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा संघका प्रदेश अध्यक्ष विष्णु थापा, संघका जिल्ला अध्यक्ष रेणु कर्मचार्य निर्वाचन स्रयोजक बिक्रम खड्का लगायतले बोल्नु भएको थियो । अधिवेशनवाट संघको उपाध्यक्षमा सरिता गिरी, सचिवमा लिल माया गुरुङ, कोषाध्यक्षमा गिता राना, सहसचिवमा सजना घिमिरे र सहकोषध्यक्षमा सिता थापा निर्वाचित भएका छन् । सदस्यहरुमा दुर्गा नेपाल , यमुना श्रेष्ठ, गौरीमाया सुवेदी लगायत निर्विरोध भएका छन् । निर्वाचित कार्य समितिलाई मुख्य निर्वाचिन अधिकृत खड्काले प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

प्रकाशित मिति : बुधबार, पुष २० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij