सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिवर्तन गर्ने

सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिवर्तन गर्ने

काठमाण्डाै – सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन सम्बन्धी कार्यविधि परिवर्तन गर्ने भएको छ । विशिष्ट व्यक्तिको सवारीका बेला नागरिक हिँड्न समेत नपाउनेगरी सुरक्षामा कडाइ गरेको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७’ परिमार्जन गर्ने भएको हो ।

नेपाल चिकित्सक सङ्घसँगको वार्ताका क्रममा सरकारी पक्ष कार्यविधि संशोधन गर्न तयार भएको हो । गएको शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारी सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न आउजाउ गर्ने क्रममा सडकमा नागरिकसम्म हिँड्न पाएका थिएनन्, उपत्यकाभर जाम बढेको थियो ।

यस्तै सवारीका बेला हिँडेको भन्दै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरका डाक्टरलाई समेत कुटपिट गरेको थियो । कुटपिटको विरोधमा सङ्घले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेपछि सरकार र नेपाल चिकित्सक सङ्घबीच वार्ता भएको छ ।

वार्तामा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गर्नेसहित ६ बुँदे सहमति भएको छ । अब अति विशिष्ट र विशिष्ट व्यक्तिको सवारीका कारणले बिरामी एवम् आमनागरिक र विशेषगरी स्वास्थ्य संस्था, विद्यालयलगायत संवेदनशील संस्था तथा क्षेत्रहरूमा असहजता नहुने व्यवस्था गर्ने सहमति गरेपछि चिकित्सकहरूको आन्दोलनका कार्यक्रम स्थगित भएको छ ।

यस्तै, कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्नुका साथै अन्य संलग्नमाथि पनि अनुसन्धान गरेर कारबाही अगाडि बढाउने सहमति समेत भएको छ । वार्तापछि आजको लागि घोषणा भएको आन्दोलन स्थगित समेत भइसकेको छ । डाक्टरहरु काममा फर्किएका छन् ।

प्रकाशित मिति : आइतबार, माघ २९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij