२०८० सालका मुख्य चाडपर्व पछाडि धकेलियो : असोजमा तीज, कात्तिकमा दशैँ

२०८० सालका मुख्य चाडपर्व पछाडि धकेलियो : असोजमा तीज, कात्तिकमा दशैँ

काठमाण्डाै – मलमास अर्थात् अधिक वर्षका कारण आउँदो वर्ष २०८० सालका प्रायः सबै चाडपर्व झण्डै तीन हप्ता पछाडिसम्म धकेलिएका छन् ।

साउन महिनामा मलमास सुरु हुने भएकाले साउन कृष्णपक्ष पछाडिका सबै चाडपर्व १५ देखि १९ दिनसम्म पछाडि धकेलिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

यसअनुसार २०८० सालमा तीजको व्रत असोज १ गते परेको छ । जबकी यस वर्षको तीज भदौ १४ मा मनाइएको थियो । यसपालि असोज १० गते घटस्थापनापछि दशैँ सुरु भएकोमा २०८० सालको घटस्थापना भने असोज २८ गते परेको छ ।

यस्तै कात्तिक ४ गते फूलपाती, ५ गते महाष्टमी, ६ गते महानवमी, कात्तिक ७ गते विजयादशी र ११ गते कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार कात्तिक २७ गते लक्ष्मीपूजा र कात्तिक २९ गते भाइटीका परेको छ ।

यसपालि कात्तिक १३ मा मनाइएको छठ पर्व २०८० सालमा भने मंसिर ३ गते परेको छ । मलमासकै कारण २०८० सालको चैते दशैँ २०८१ मा पुगेको छ । २०८० को चैत मसान्तमै चतुर्थी तिथि सकिने भएकाले चैता अष्टमीमा मनाइने चैते दशैँ २०८१ को वैशाखमा परेको समितिले जनाएको छ । यसवर्ष २०७९ को चैते दशैँ भने आउँदो चैत १५ गते मनाइँदैछ ।

तस्बिर : नेपाल पञ्चाङ्घ निर्णायक समिति

प्रकाशित मिति : सोमबार, फाल्गुन १ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij