काठमाण्डाै – नेपाल टी–२० क्रिकेट लिगमा ‘स्पट फिक्सिङ’ गरेको भन्दै राष्ट्रिय टोलीका सदस्य माेहमद आदिल अन्सारी र राष्ट्रिय टोलीका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
सरकारी वकिल कार्यालय काठमाण्डाैले आज साेमवार आदिल र महबुबसहित पाँच जनाविरुद्ध जिल्ला अदालत काठमाण्डाैमा मुद्दा दर्ता गरेको हो । पाँच जनामध्ये तीन जना खेलाडी रहेका छन् । खेलाडीहरू आदिल, महबुब र नितेश गुप्ता भन्ने नितेश साहलाई तीन वर्ष कैद र पचास हजार रुपैयाँसम्म जरिबाना माग गरिएको छ । उनीहरू तीनै जनालाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरिसकेको छ ।
त्यस्तै ‘स्पट फिक्सिङ’ मा संलग्न नवीन कँडेल र रवि माफीलाई पनि उही कारबाही माग गरिएको छ । उनीहरू दुवै जना फरार छन् ।
गएको पुस ९ देखि २७ सम्म काठमाण्डाैमा भएको नेपाल टी–२० लिगमा परिणामलाई प्रभावित पार्ने गरी मिलोमतो र अनलाइन सट्टेबाजी भएको सार्वजनिक भएपछि सीआईबीले अनुसन्धान गरेको थियो । सीआईबीले प्रतियोगितामा ‘स्पट फिक्सिङ’ भएको निष्कर्ष निकालेको थियो ।
प्रकाशित मिति : सोमबार, फाल्गुन ८ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्