JanataToday.com

Advertisment

SKIP THIS

भाखा नाघेको ३० दिनभित्र कर्जाको साँवा ब्याज तिरेमा जरिबाना लिन नपाइने

भाखा नाघेको ३० दिनभित्र कर्जाको साँवा ब्याज तिरेमा जरिबाना लिन नपाइने

काठमाण्डाै – बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणीले ऋणको भाखा नाघेको तीस दिनभित्र साँवा र ब्याज तिरेमा जरिबाना लिन नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि  जारी गरेकोे एकीकृत निर्देशन, २०७९ संशोधन गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हाे।

यो व्यवस्था २०८० सालको जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको साँवा र ब्याजमा लागू हुने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ । तर कुनै ऋणीले छुट पाउने अवधिभित्र साँवा र ब्याज भुक्तानी नगरेमा बैंक तथा वित्तीय संस्थाले सम्पूर्ण भाखा नाघेको अवधिको जरिबाना ब्याज ऋणीसँग लिन पाउनेछन् । राष्ट्र बैंकले कर्जाको पुनःसंरचना र पुनःतालिकीकरणसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ ।

साना तथा मझौला उद्योग व्यवसाय सञ्चालनमा सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको दुई करोड रुपैयाँसम्मको कर्जालाई विभिन्न सर्त राखेर पुनःसंरचना र पुनःतालिकीकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । यो सुविधा पाउन यस्तो पुनःतालिकीकरण र पुनःसंरचना २०८० सालको असार मसान्तभित्र गरिसक्नुपर्ने सर्त राष्ट्र बैंकले राखेको छ ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन १२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij