JanataToday.com

Advertisment

SKIP THIS

हिंसाबाट किशोरीलाई बचाउने दायित्व मेरो हो : उपमेयर कल्पना हरिजन

हिंसाबाट किशोरीलाई बचाउने दायित्व मेरो हो : उपमेयर कल्पना हरिजन

लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपमेयर कल्पना हरिजनले किशोरीको क्षेत्रमा सवै तहको चासो हुनुपर्ने बताइएकी छन् ।किशोरीहरुको सवाल सम्बोधनका लागी न्यायिक समिति तथा सरोकारवाला संगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै न्यायिक समिति संयोजक समेत रहेकी हरिजनले हिंसाको जोखिमबाट किशोरीलाई बचाउन म संगै सवै सरोकारवाला लाग्नुपर्ने बताइकी हुन् ।

पछिल्लो समय नाबालिका देखि किशोरी योन शोषणमा परेको दुखेसो पोख्दै यस प्रकृतिका जघन्य घटनालाई राज्यले संवेदशिलताका साथ लिनुपर्नेमा जोड दिईन् । यि यस्ता घटनामा आफु पनि सचेत भएको बताउदै उपमेयर हरिजनले किशोरीका लागी विभिन्न कार्यक्रमहरु संञ्चालन गर्दै जाने बताईन् ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय लुम्बिनी प्रहरी निरिक्षक गजेन्द्र रावलले महिला तथा बालबालिको क्षेत्रमा प्रहरीले निर्णायक काम गर्दै आएको बताएका छन् । हिंसा सम्बन्धी आएका मुद्धाहरुलाई प्रहरीले गम्भीरताका साथ हेर्ने बताउदै विभिन्न प्रलोभनमा नपर्न आग्रह गरेका छन् ।

कार्यक्रममा लेखा अधिकृत रामचन्द्र अर्याल,न्यायिक समिति शाखा प्रमुख,जनप्रतिनिधी,५२ जना किशोरी लगायतको उपस्थितिमा कार्यक्रम भएको हो ।किशोरी अधिकार मञ्च रुपन्देही र ओरेक नेपालको संयुक्त आयोजनामा सो कार्यक्रम भएको थियो भने कार्यक्रमको संञ्चालन रंञ्जना चौधरीको रहेको थियो ।

प्रकाशित मिति : बुधबार, फाल्गुन १७ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij