सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेस गर्ने ९ दलको निर्णय

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेस गर्ने ९ दलको निर्णय

काठमाण्डाै – सरकार समर्थित दलहरुले सङ्क्रमणकालीन न्याय सम्बन्धी विवाद छिटो टुङ्गाे लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बेलुका बसेको सरकार समर्थित दलहरुको बैठकले संविधान र लोकतन्त्रको उपलब्धिको रक्षा गर्दै सङ्क्रमणकालीन न्यायको विषय छिट्टै टुङ्गाे लगाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बैठक पछि सम्वाददाताहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभामा प्रमुख सचेतक रहनु भएका रमेश लेखकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विवाद संसद्को चालु अधिवेशनमा टुङ्गाे लगाउने गरी अगाडि बढाइने बताउनु भयो ।

द्वन्द्वकालीन घटनालाई निष्कर्षमा लैजानु सबै राजनीतिक दल तथा सबै पक्षको दायित्व भएको बताउनु भयो । बैठकमा सहभागी भएका सरकार समर्थित ९ दलका नेताहरुले संविधानको सुरक्षा र लोकतन्त्रको रक्षाको लागि सबै एकजुट हुने प्रतिबद्धता जनाएको नेता लेखकले जानकारी दिनुभयो ।

यस्तै बैठकले विभिन्न माग र मुद्दा लिएर सडकमा अवाञ्छित गतिविधि बढेको प्रति राजनीतिक दल सजग हुनुपर्ने समझदारी बनाएको छ । सडकमा संविधान विपरीत कार्यक्रम क्रियाकलाप हुन थालेकोले यस्ता गतिविधिलाई रोक्न सबै एकताबद्ध हुने निष्कर्ष निकालेको पनि नेता लेखकले जानकारी दिनुभयो ।

बैठकपछि संयुक्त विज्ञप्ति निकालेर दलहरुले कानुन निर्माणका साथै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन सम्बन्धी आयोग गठन गरिने भन्दै देशकै महत्त्वपूर्ण एजेण्डाका रुपमा रहेको सबैको साझा विषयलाई उचित निष्कर्षमा पुर्‍याउन सबैको सकरात्मक भूमिका र सहयोग आवश्यक रहेको पनि बताएका छन् ।


 

 

प्रकाशित मिति : सोमबार, फाल्गुन २२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij