कोरोना बढ्न थाल्यो, खोपको बुस्टर डोज लगाउनू : स्वास्थ्य मन्त्रालय

कोरोना बढ्न थाल्यो, खोपको बुस्टर डोज लगाउनू : स्वास्थ्य मन्त्रालय

काठमाडौं –कोरोना संक्रमण बढ्दै गएको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संक्रमणबाट बच्न खोपको बुस्टर डोज लगाउन आग्रह गरेको छ।

 

 

मन्त्रालयले सूचना निकाल्दै कोरोना विरुद्धको खोप नलगाएकाहरूले नजिकैको स्वास्थ्य संस्थाबाट खोपको  जानकारी लिई  आवश्यकता अनुसार पहिलो, दोस्रो वा बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको हो।

यस्तै घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, ज्वरो आउने, खोकी लाग्ने, हाच्छ्युँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, थकान महसुस हुनेजस्ता मिल्दाजुल्दा लक्षण देखिए बेवास्ता नगरी  जनस्वास्थ्यका मापदण्ड पूर्णपालना गर्न र आवश्यक परीक्षण गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ।

यसका साथै बढ्दो कोभिड सङ्क्रमणबाट बच्न नाक, मुख,चिउँडो छोपिने गरी माक्स लगाउन, बेलाबेलामा साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्न, खोक्दा वा हाच्छ्युँ गर्दा रुमाल वा कुहिनोको प्रयोग गर्ने, कम्तीमा दुई मिटरको भौतिक दुरी कायम गर्न समेत मन्त्रालयको सुझाव छ ।

पछिल्लो समय कोरोना सङ्क्रमणदर बढ्दै गइरहेको छ। शुक्रबार मात्रै एक हजार ७९ जनामा परीक्षण गर्दा १ सय ४२ जनामा कोरोना पुष्टि भएको छ भने नेपालमा सक्रिय संक्रमितको संख्या १ सय ६३ पुगेको छ।

 

प्रकाशित मिति : शनिबार, चैत्र १८ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij