काठमाण्डाै – सरकारले रुघाखोकी लागेका बेला जथाभाबी एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले सूचना निकालेर रुघाखोकी लागेका बेला जथाभाबी एन्टिबायोटिक नखान आग्रह गरेको हो।
मौसम परिवर्तनसँगै वायु प्रदूषण बढेकाले अहिले धेरैलाई रुघाखोकी र ज्वरो आएको छ । यस्तो बेला बिरामीसँग भौतिक दूरी कायम गर्न मन्त्रालयको सुझाव छ । घरमा कसैलाई रुघाखोकी लागेको भए मास्क लगाउन सूचनामा भनिएको छ ।
यस्तै, खोक्दा वा हाच्छिउँ गर्दा नाक, मुख छोप्न पनि भनिएको छ ।
बेलाबेलामा साबुनपानीले सफासँग हात धुन, तातो पानी पिउन, बाफ लिन, प्रशस्त मात्रामा तातो पानी र झोलिलो खानेकुरा खान र रुघाखोकी लागेका बेला घरेलु उपचार विधि अपनाउन आग्रह गरिएको छ ।
यस्तै, सम्भव भएसम्म मौसमी फ्लुविरुद्धको खोप लगाउन पनि स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।
प्रकाशित मिति : सोमबार, चैत्र २० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्