काठमाडाैं – क्रिकेटर सन्दीप लामिछानेको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुने भएको छ । काठमाडौं जिल्ला अदालतले लामिछानेको मुद्दामा आइतबारलाई पेसी तोकेको छ ।
यसअघि गत बुधबार लामिछानेको मुद्दा पेसीमा चढेपनि हेर्न नभ्याउने हुँदै सरेको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा ६ नम्बरमा पेसी परेको भए पनि हेर्न नभ्याउने भएपछि सुनुवाइ सरेको थियो ।
पुस २९ मा लामिछाने २० लाख धरौटी बुझाएर रिहा भएका थिए । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले पाँच बुँदे सर्तसहित उनलाई रिहा गर्न आदेश दिएका थिए । उच्च अदालतले जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेश बदर गरेको थियो ।
सर्वोच्च अदालतले लामिछानेलाई अदालतलाई जानकारी गराएर विदेशमा खेल्न जान अनुमति दिएको थियो । अब, उनको मुद्दामा जिल्ला अदालतबाट अन्तिम सुनुवाइ हुँदैछ ।
प्रकाशित मिति : आइतबार, चैत्र २६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्