काठमाडौं – प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । आजको बैठकमा सम्भावित दुई कार्यसूची छन् ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीको पहिलो नम्बरमा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७८/०७९ छ । सो प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।
यसैगरी दोस्रो कार्यसूचीमा ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ सम्बन्धी छ । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गर्नेछिन् ।
प्रकाशित मिति : सोमबार, चैत्र २७ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्