लुम्बिनीको मुख्यमन्त्रीमा डिल्ली चौधरी भोलि दाबी पेश गर्ने

लुम्बिनीको मुख्यमन्त्रीमा डिल्ली चौधरी भोलि दाबी पेश गर्ने

बुटवल – कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले विहीबार मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् । माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले भोलि प्रदेश प्रमुखले दिएको समय भित्र नै दाबी पेश गरिने बताए । ‘आजै पेश गर्ने तयारी भए पनि विभिन्न कारणले भएन् । भोलि ४ बजे भन्दा अघि नै मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरीले बहुमतुसहित दाबी गर्नु हुन्छ।’–उनले भने ।

प्रदेश प्रमुख शेरचनले मंगलबार संविधानसभा धारा १६८ को उपधारा २ अनुसार प्रदेश सरकार गठनको लागि आह्वान गरेका छन् ।यसअघि नै कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरुले मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेको भन्दै चौधरीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख अमिक शेरचनसमक्ष निवेदन हालेका थिए । तर, प्रदेश प्रमुखले त्यसलाई मान्यता दिएका थिएन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी,जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।

गठबन्धनमा फेरबदल नआएमा कांग्रेस–माओवादी सहितको गठबन्धनबाट चौधरी मुख्यमन्त्री बन्ने निश्चित जस्तै छ ।

प्रकाशित मिति : बुधबार, बैशाख १३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij