क्रिकेट टोलीलाई बधाई दिँदै प्रचण्डले भने- उचित सम्मान हुन्छ

क्रिकेट टोलीलाई बधाई दिँदै प्रचण्डले भने- उचित सम्मान हुन्छ

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन्। शनिबार एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीले बधाई दिएका हुन्।

‘क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्।

शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वर्षाले प्रभावित सेमिफाइनल खेल नतिजाविहीन भएपछि नेपाल समूह बिजेताका हैसियतले फाइनलमा पुगेको हो। वर्षाका कारण ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले ९ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको थियो।

कुवेतको ब्याटिङलाइन ध्वस्त पार्नका लागि करण केसीले महत्वपूर्ण योगदान गरे। उनले पाँच विकेट लिए भने एक विकेट सोमपाल कामीको नाममा रह्यो।

जवाफी व्याटिङमा आएको कुवेतले ८ दशमलब ३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा दर्के पानी परेपछि रोकिएको खेल सुरु हुन सकेन।

त्यसपछि समूह ‘ए’ को बिजेताका आधारमा नेपाल फाइनलमा पुगेको हो। टस हारेर पहिला ब्याटिङ तानिएको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रनको महत्वपूर्ण योगदान गरे। कुशल मल्लले ५७, कुशल भुर्तेलले ४३, आसिफ शेखले ३१, आरिफ शेखले १९ रन बनाउँदा सोमपाल कामी १३ रनमा अविजित रहे।

करण केसी ७, सन्दीप लामिछानेले ५ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी शून्यमा आउट भए। कुवेतका अदनान इद्रिस र मोहम्मद अस्लामले समान ३र३ विकेट लिँदा यासिन पटेल र सायद मोनिबले एक रएक विकेट खसाले ।  नेपाल र युएईबीचको फाइनल खेल पर्सि सोमबार कीर्तिपुर मैदानमा हुनेछ।

प्रकाशित मिति : शनिबार, बैशाख १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij