काठमाण्डाै – पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी एक हजार नाै सय दुई जनाको नमुना परीक्षण गर्दा ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा २६ जना काेराेना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ४७ रहेको मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ५२ हजार एक सय २१ जनाकाे काेराेना भाइरसविरुद्धकाे खाेप लगाएका छन् ।
प्रकाशित मिति : मंगलबार, बैशाख २६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्