बुटवल
बुटवलको वडा नं ८ मा रहेको शुभ लाभ वचत तथा श्रृण सहकारी संस्थाले संस्थाको बार्षीक कार्ययोजना अनुसार सस्थाका जेष्ठ सदस्यहरुलाई सम्मान स्वरुप एक दिने धार्मिक तिर्थाटन गराएको छ । सहकारीले प्रेत्यक वर्ष यस कार्यक्रमलाई निरन्तरता दिदै आएको छ यस सस्थाले सहकारीका जेष्ठ नागरिकलाई नवलपरासी जिल्लाको गैडाकोटमा रहेको मौलाकाली भगवती मन्दिर को भ्रमण तथा तिर्थाटन गराएको छ । जेष्ठ नागरिक भ्रमण कार्यक्रममा संस्थाका ६० बर्ष नाघेका जेष्ठ सदस्यहरुको सहभागिता रहेको थियो । मौलाकाली मन्दिर जानको लागि यही बैशाख देखि केबलकार संचालनमा आएको हुदा जेष्ठ नागरिकका लागि सहज भएको थियो । सस्थाका शिक्षा समितीको सयोजकतत्व र सस्थाका अध्यक्ष र व्यवस्थापकको नेतृत्वमा उक्त धार्मीक तिर्थाटन गराएको थियो । अध्यक्ष लालकाजी राजभण्डारीले जेष्ठ नागरिक सदस्यहरुको ईच्छा र चाहना अनुसार विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनु हुदै संस्थाले विगत देखिनै निरन्तर आयोजना गर्दै आएको जेष्ठ सदस्य भ्रमण कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता प्रदान गरेको जानकारी दिनु भयो । सहकारीले बिगत बर्षमा पनि पाल्पामा रहेको रानीमहल भैरवस्थान मन्दिर नवलपरासीमा रहेको त्रिवेणीधाम बाल्मीकि मन्दिरको भ्रमण गराइएको थियो ।
प्रकाशित मिति : सोमबार, जेष्ठ १ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्