काठमाण्डाै – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना प्रतिवादीहरूको बयान लिन सुरु भएको छ । यस प्रकरणमा पक्राउ परेकाहरूकाे आज शुक्रवारदेखि बयान लिन सुरु भएकाे हाे । उनीहरूको काठमाण्डाै जिल्ला अदालतमा न्यायाधीशसमक्ष बयान लिइनेछ ।
नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन खोज्ने ३० जनाविरुद्ध गएकाे बुधवार काठमाण्डाै जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो । पूर्वउपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका बालकृष्ण खाण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा विज्ञ इन्द्रजित राईलगायत उच्च पदस्थहरू जोडिएको मुद्दामा अमेरिका पठाइदिने भन्दै झन्डै २९ करोड रुपैयाँ उठाइएको आरोप छ ।
प्रहरीले यस प्रकरणमा १६ जनालाई पक्राउ गरेकाेमा अझै १४ जना भने फरार छन् । उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रिय हितविरुद्धको अपराध, सङ्गठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको छ ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्