धरानका स्वास्थ्य स्वंसेविकालाई लुम्बिनीमा भव्य स्वागत

धरानका स्वास्थ्य स्वंसेविकालाई लुम्बिनीमा भव्य स्वागत

 

 

धरान उपमहानगरपालिकाका स्वास्थ्य स्वंसेविका महिलाहरुलाई भब्य रुपमा स्वागत तथा सम्मान ब्यक्त गरिएको छ ।लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजनामा अवलोकन भ्रमणका लागी लुम्बिनी नगरपालिकामा पाल्नुभएका १४१जना धरानका महिला स्वास्थ्य स्वंसेविकालाई स्वागत गरिएको हो ।

स्वागत कार्यक्रममा सम्बोधन गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपमेयर कल्पना हरिजनले धरान र लुम्बिनी विच असल सम्बन्ध कायम भएको बताउनुभएको छ ।महिला स्वास्थ्य स्वंसेविकाको क्षेत्रमा आगामी बजेटमा कार्यक्रम राख्ने गरि योजना तर्जुमा गरिने बताउनुभयो । आगामी दिनमा लुम्बिनी साँस्कृतिक नगरपालिकामा रहेका १३१ जना महिला स्वास्थ्य स्वंसेविकाहरुलाई अवलोकन भ्रमण लैजाने कुरामा समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा अतिथिको रुपमा पाल्नुभएका धरान उपमहानगरपालिकाका महिला स्वास्थ्य स्वंसेविका अध्यक्ष विजयकला राईले साच्चीकै लुम्बिनी साँस्कृतिक नगरपालिका पर्यटकीय महत्व बोकेको क्षेत्र भएको बताउनुभएको छ । भगवान गौतम बुद्धको जन्मभुमि ल्ुम्बिनीको पवित्र भुमिको अवलोकन गर्न पाउदा खुशी लागेको बताउदै राईले महिला स्वास्थ्य क्षेत्रमा धरानले काम गरेको बारे जानकारी समेत गराउनुभयो ।

पालिकाको सभाहलमा भएको कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र प्रसाद चौधरी,धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा कर्मचारी दिपकला राई लगायतको आतिथ्यतामा भएको कार्यक्रमको संञ्चालन नगरपालिकाका प्रेस संयोजक सुरेश परियारले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij