जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने कुरामा सबै राजनीतिक दल एक ठाउँमा : निर्वाचन आयाेग

जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने कुरामा सबै राजनीतिक दल एक ठाउँमा : निर्वाचन आयाेग

काठमाण्डाै – निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको प्रस्तावप्रति सबै राजनीतिक दलले असहमति प्रकट गरेको बताएको छ ।

शुक्रवार बसेको सर्वदलीय बैठकमा नेताहरूले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको प्रस्तावप्रति समर्थन गर्न नसक्ने धारणा राखेका आयाेगले बताएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको जिल्ला निर्वाचन कार्यालय हटाउने सरकारको प्रस्ताव गैरसंवैधानिक हुने भन्दै सबै राजनीतिक दलले असहमति प्रकट गरेका बताउनु भयो । उहाँले यस कदमले चुनाव स्वच्छ, निष्पक्ष र भयरहित हुने कुरामा आघात पुग्ने धारणा राखेको बताउनुभयो । प्रवक्ता पाैडेलले एकीकृत निर्वाचन कानुनको विधेयक तयार भई गृह मन्त्रालयमा पठाउने तयारीमा निर्वाचन आयोग रहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारकाे आउँदाे आर्थिक वर्षकाे बजेटमा आयोगको हेल्पिङ हेन्डकाे रूपमा रहेको जिल्ला निर्वाचन कार्यालयलाई खारेज गरी जिल्ला प्रशासन कार्यालयमा शाखा राखिने कुरा थियो । त्यो सन्दर्भमा एकमुखले राजनीतिक दलहरूले यो गैरसंवैधानिक हुन्छ, चुनाव स्वच्छ, निष्पक्ष र भयरहित हुने कुरामा आघात पुग्छ भन्ने निर्णय गर्नुभएको छ ।’

प्रवक्ता पौडेलले विदेशमा रहेका नेपालीकाे मताधिकार सुरक्षित गर्ने कुरामा पनि छलफल भएको र मतदाता नामावली सच्याउने काम सुरु गर्ने आयोगको योजना रहेको बताउनुभयो । यसअघि निर्वाचन आयोगले शुक्रवार बिहान जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको प्रस्तावप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मन्त्रीहरूसँग भेट गरेको थियो ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij