JanataToday.com

Advertisment

SKIP THIS

पत्रकार महिलाका लागि अभिमुखीकरण

पत्रकार महिलाका लागि अभिमुखीकरण

बुटवल-बुटवलका पत्रकार महिलाका लागि अभिमुखीकरण कार्यक्रम बुटवलमा सम्पन्न भएकाे छ । स्थानीय तहकाे विकास र न्यायबारे बुटवल उपमहानगरपालिकामा साे अभिमुखीकरण कार्यक्रम मंगलबार भएकाे हाे । कार्यक्रममा बाेल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालले बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले लैङ्गिक समानता र सशक्तीकरणका पक्षमा कलम चलाउन पत्रकार महिलाहरुसँग आग्रह गरिन । न्यायिक समितिमा महिलाका मुद्धा भन्दा घरजग्गा र सीमा विवाद बढि आउने गरेको बताउँदै अहिलेसम्म ७२ मुद्धा दर्ता भएको र जसमध्ये ४७ मुद्धा फस्र्यौट गरिएको जानकारी गराइन।

कार्यकारी प्रमुख टेकराज पन्थीले स्थानीय तहका असल अभ्यासलाई बाहिर ल्याउन पत्रकारहरुको भुमिका महत्वपूर्ण हुने बताए । उनले  नागरिलाई सही सूचना सम्प्रेषण गर्न जरूरी रहेकाेमा जाेड दिए ।

सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले पत्रकार महिलाको क्षमता बढाउन अभिमूखीकरण आयोजना गरिएको बताइन।

बुटवल उपमहानगरका प्रेस सल्लाहकार सिपी खनालले संबिधानले तय गरेका साझा अधिकार र एकल अधिकारबारे स्थानीय तहबीचमा विवाद देखिएकाले मिडियाले यो विषय उठान गर्नुपर्ने बताए ।

कानुन, न्याय तथा मानव अधिकार प्रवद्र्धन शाखाका विष्णु पुरी, सञ्चारिका समूह लुम्बिनीका सचिव माया केसी लगायतले उपमहानगरका कामलाई मिडियामार्फत जनतामा पुर्याउन सहज हुने भएकाले समन्वय बढाउनुपर्ने बताए।

कार्यक्रममा बुटवलका सञ्चार माध्यमलाई कार्यथलाे बनाएका करिब २५ जना सक्रिय पत्रकार महिलाकाे सहभागिता रहेकाे थियाे ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ३० २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij