काठमाडौं –प्रतिबन्धित अनलाइन बेटिङ गरेको आरोपमा कलाकारसहित ८ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुबे’सहित ८ जनालाई पक्राउ गरेको हो।
अनलाइन बेटिङ ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
स्रोतले भन्यो, ‘उनीहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गर्ने गरेको भेटिएको छ। थप अनुसन्धान सुरु गरिएको छ।’
बुधबार मात्र वान एक्स बेटिङ गरेको आरोपमा पाँच जनालाई कार्यालयले सार्वजनिक गरेको थियो। युट्युबमा प्रोमो कोड प्रयोग गरी वान एक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै उनीहरूले विज्ञापन गर्ने बेटिङमार्फत अवैध रुपमा कारोबार भइरहेको भन्दै कार्यालयले अपरेसन सुरु गरेको छ। बुधबार कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज केसीले यस बेटिङमार्पत अवैध कारोबार रोक्न विस्तृत अनुसन्धान सुरु भइसकेको बताएका थिए।
प्रकाशित मिति : बिहिबार, जेष्ठ ३२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्