भैरहवा-अखिल नेपाल किसान महासंघ रूपन्देहीले किसानका हक अधिकार तथा कृषि बिकासका बिभिन्न माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । किसानका हक अधिकार तथा कृषि बिकासका लागि काम गरिरहेका संस्थाहरू खारेज गर्ने निर्णय यथा सिघ्र सच्याउन माग गर्दै रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री पेरिसदको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझाउंदै अखिल नेपाल किसान महासंघ रूपन्देहीका अध्यक्ष कृष्ण पन्थीले आर्थिक बर्ष ८०/८१ को नीति कार्यक्रम तथा बजेटमा किसानको हक हित र अधिकार मुलुककै कृषि क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्दै आएका केहि संस्थाहरुमा बजेट बिनियोजन नगर्ने र केहि संस्था खारेज गर्ने निर्णय प्रति अखिल नेपाल किसान महासंघको गम्भीर ध्यानाकर्षण भएको बताए । अखिल नेपाल किसान महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र गिरीले गठबन्धन सरकार किसानको हितमा भन्दा बिदेशीलाई खुशी पार्ने गरी काम गर्दै आइरहेको जगजाहेर भएको बताउंदै मलमा दिंदै आएको अनुदान कटौती गर्ने, कृषि क्षेत्रका बजेटहरु कटौती गर्ने र हाल आएर संस्थाहरु नै खारेज गर्ने जस्ता कृषि क्षेत्रमा निरन्तर प्रहार गर्ने किसान बिरोधि काम गरिरहेको बताए । ज्ञापन पत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पान्डेले सम्बन्धीत ठाउंमा पत्र पठाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रकाशित मिति : बुधबार, असार ६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्