काठमाडौं – संघीय संसद अन्तर्गत बुधबार प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक नयाँ वानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको छ ।
बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा शहरी विकास, खानेपानी, अर्थ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको खर्च शीर्षकमाथि छलफल भएको थियो ।
बैठकमा विनियोजन बजेटमाथि सांसदहरूले धारणा राख्नेछन् । सरकारले गत जेठ १५ गते १७ खर्ब ५१ अर्बको बजेट प्रस्तुत गरेको थियो ।
प्रकाशित मिति : बुधबार, असार ६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्