नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

file photo

काठमाण्डाै – मुग्लिन–नारायणघाट सडकखण्ड फेरि बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको हो ।

अस्ति बिहीबार दिउँसो पनि यही ठाउँमा पहिरो खसेर बन्द भएको सडक हिजो बेलुकी ५ बजेदेखि खुलेको थियो । २८ घण्टासम्म रोकिएका गाडी गन्तव्यमा जान नभ्याउँदै फेरि आज बिहान सवा ३ बजे पहिरो खसेर सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पानी परिरहेकाले तत्काल पहिरो खुलाउन समस्या भएको प्रहरीको भनाइ छ ।

पहिरो खुले पनि माथिबाट लगातार ढुंगा झरिरहने भएकाले यो ठाउँमा जोखिम बढेको प्रहरीले जनाएको छ । पूर्व र पश्चिमबाट काठमाण्डौ जोड्ने मुख्य मार्ग भएकाले मुग्लिन–नारायणगढ सडक खण्डलाई ‘लाइफलाइन’ पनि भन्ने गरिन्छ । यो सडक हुँदै दैनिक औसतमा १० हजार वटा गाडी आउजाउ गर्ने गर्दछन् । पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाण्डौ ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

 

 

प्रकाशित मिति : शनिबार, असार १६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij