तिलाेत्तमाकाे स्थानीय पाठ्यक्रम प्रभावकारी बन्दै 

तिलाेत्तमाकाे स्थानीय पाठ्यक्रम प्रभावकारी बन्दै 

तिलाेत्तमा नगरपालिकाकाे स्थानीय पाठ्यक्रम कस्ताे छ त ?

 

 बुटवल-रूपन्देहीको तिलाेत्तमा नगरपालिकाले विद्यालयकाे अाधारभूत तहमा लागू गरेकाे स्थानीय पाठ्यक्रम प्रभावकारी बन्दै गएकाे छ । सामुदायिक विद्यालयकाे कक्षा १ देखि कक्षा ८ सम्म नगरका विभिन्न महत्त्वपूर्ण ९ वटा विषयहरू समेटेर तयार पारिएकाे पाठ्यक्रममा नगरका विभिन्न क्षेत्रहरूकाे जानकारी रहेकाे स्वयम् विद्यार्थीले बताएका छन् । भने यसले विद्यार्थीमा सकारात्मक प्रभाव पारेकाे शिक्षकहरूकाे भनाइ छ । यसलाई विभिन्न विद्यालयका विद्यार्थी , प्रधानाध्यापक , अविभावक र जनप्रतिनिधिले यसरी प्रष्ट पारेका छन् ।

नविना न्याैपाने तिलाेत्तमा नगरपालिका वाड नम्बर २ मा रहेकाे जनजागृति माविकाे कक्षा सातमा पढ्छिन् । उनलाई  नगरमा रहेका विभिन्न पर्यटकीय स्थानहरू थाहा छ । उनी भन्छिन् –  ” स्थानीय पाठ्यक्रम गाह्राे छैन् । मलाई त सजिलाे नै लागेकाे छ ।नगरका जनप्रतिनिधि (मेयर , उपमेयर , वाड अध्यक्षहरू) काे नाम पनि थाहा छ । ” उनले थपिन् -” मलाई त वाडहरूका सिमाना पनि थाहा छ । ”
त्यस्तै वाड नम्बर २ मा रहेकाे शंकरनगर दुर्गादत्त माविकाे कक्षा ६ मा अध्ययनरत स्मारिका पन्थले पनि स्थानीय पाठ्यक्रमकाे माध्यमबाट नगरका धेरै विषयमा जानकारी पाएकाे बताइन् । उनले भनिन् -” नगरमा रहेका विभिन्न जातजातिको कला संस्कृति रहनसहन अादि यसै पाठ्यक्रमबाट जानकारी पाएका छाैँ । ”
तिलाेत्तमा नगर बाल सञ्जाल अध्यक्ष स्नेहा पाैडेलले स्थानीय तहका सांस्कृतिक , राजनीतिक अवस्थाकाे बारेमा जानकारी प्राप्त भएकाे बताइन् । ” पहिले सामाजिक शिक्षामार्फत समग्र नेपालकाे बारेमा जानकारी पाइन्थ्यो तर अाफ्नै सेराेफेराेकाे  जानकारी नहुने अवस्थामा हाल स्थानीय पाठ्यक्रमले स्थानीयस्तरका हरेक कुरा समेटेकाले सबैका लागि प्रभावकारी छ । ” स्नेहाकाे भनाइ छ ।

विद्यार्थी मात्रै हाेइन तिलाेत्तमा नगरपालिकाले सञ्चालन गरेकाे स्थानीय पाठ्यक्रम निकै सान्दर्भिक रहेकाे अविभावककाे पनि भनाइ छ । शंकरनगर दुर्गादत्त माविका शिक्षक अविभावक संघका अध्यक्ष पुष्कर नाथ पन्थले समग्रमा साे पाठ्यक्रम  नगरका विद्यार्थीका लागि उपर्युक्त रहेकाे बताए ।

वाड नम्बर ७ काे सेमरा बजार माविका प्रधानाध्यापक खेमराज पाण्डेले नगरकाे सेराेफेराेकाे बारेमा विद्यार्थीले ज्ञान पाएकाे बताए । नजिककाे तीर्थ हेला भने झै नजिकका पर्यटकीय क्षेत्रकाे महत्त्व कम हुँदै गएकाे बेला स्थानीय पाठ्यक्रमले यस्ता पर्यटकीय स्थलकाे महत्त्व उजागर गरेकाे प्रधानाध्यापक पाण्डेले बताए ।
यता वाड नम्बर २ काे जनजागृति माविका प्रधानाध्यापक टंक प्रसाद पाैडेलले समग्रमा शिक्षक विद्यार्थी र अविभावक सबै सन्तुष्ट रहेकाे बताए । ” तल्लो तहका कक्षामा भने पाठ्यभार अलि नपुगेकाे हाे कि भन्ने लागेकाे छ । प्रधानाध्यापक पाेडेलकाे भनाइ छ ।
वाड नम्बर २ काे शंकरनगर दुर्गादत्त माविका प्रधानाध्यापक चण्डीप्रसाद पाण्डेले यश पाठ्यक्रमले विद्यार्थीहरूमा राम्राे प्रभाव पारेकाे बताउँछन् ।
उता वाड नम्बर १७ का वाड अध्यक्ष दान बहादुर चाैधरीले स्थानीय जातजातिको भाषा , धर्म , लिंग समेटेर बनाइएकाले यसकाे छुट्टै महत्त्व रहेकाे बताए । ” संघिय पाठ्यक्रले समेट्न नसकेका कुरा स्थानीय पाठ्यक्रमले समेटेकाे छ । साथै विभिन्न स्थानीय समुदायका खनपान , रहनसहन , वेशभूषा , कला संस्कृति ,चाडपर्व अादिलाई पनि समेटेकाे हुँदा याे पाठ्यक्रम निकै महत्त्वपूर्ण छ । ” वडा अध्यक्ष चाैधरी बताउँछन् ।

उता नगरपालिकाका शिक्षा , युवा तथा खेलकूद शाखा प्रमुख उपसचिव गंगाराम अाचार्यले पाठ्यक्रममा स्थानीय स्वास्थ्य , शिक्षा , कृषि , पर्यटनजस्ता ९ वटा विषयवस्तु समावेश गरिएकाले खासै जटिल नभएकाे बताए ।
वि.सं. २०७४ काे स्थानीय तहकाे निर्वाचनपश्चात् ०७५ बाटै स्थानीय पाठ्यक्रमका लागि पहल भएपनि २०७७ बाट विद्यालयहरूमा कार्यान्वयन भएकाे हाे ।
तिलाेत्तमा नगरपालिकामा सामुदायिकतर्फ ४२ वटा र संस्थागततर्फ ४० विद्यालय छन् । कक्षा नर्सरीदेखि कक्षा १२ सम्म सामुदायिकतर्फ करिब २० हजार विद्यार्थी अध्ययनरत छन् भने संस्थागततर्फ करिब २४ हजार विद्यार्थी अध्ययनरत रहेकाे नगरपालिकाले जनाएको छ । साे पाठ्यक्रममा ९ वटा विषय समावेश गरिएकाे छ । जसलाई समयानुकूल परिवर्तन गरिने नगरले जनाएको छ

तिलाेत्तमा नगरपालिकाकाे स्थानीय पाठ्यक्रम कस्ताे छ त ??

१) हाम्रो तिलाेत्तमा-कक्षा १ मा अाफ्नाे स्थानीय तह , वडा र टाेलकाे नाम बताउन भनेर उल्लेख गरिएकाे छ भने कक्षा २ मा अाफू बसेकाे गाउँ वा टाेलकाे सामान्य परिचय दिन भनेर उल्लेख गरिएकाे छ । त्यसैगरी कक्षा ३ मा नगरपालिकाकाे नक्सामा अाफ्नाे वडाकाे पहिचान गर्न र वडाकाे सामान्य नक्सा अाकृति काेर्न । कक्षा ४ मा नगरपालिकाकाे सामान्य परिचय दिई नक्सा अाकृति काेर्न । छिमेकी स्थानीय तहकाे नाम बताउन । अाफ्नाे गाउँ टाेलकाे एेतिहासिक पृष्ठभूमि बताउन । त्यसैगरी कक्षा ५ मा नगरपालिकाकाे भाैगाेलिक अवस्था वर्णन गर्न , नगरपालिकाकाे वडाहरू पहिचान गर्न , स्थानीय एेतिहासिक व्यक्तिहरूकाे खाेजी र सम्मान गर्न । कक्षा ६ मा नगरपालिकाकाे भाैगाेलिक अवस्था वर्णन गर्न , नगरपालिकाकाे वडाहरूकाे पहिचान गर्न । कक्षा ७ मा नगरपालिकाकाे भाैगाेलिक अवस्था वर्णन गर्न , नगरपालिकाकाे सांस्कृतिक , अार्थिक गतिविधिकाे पहिचान गर्न र कक्षा ८ मा नगरपालिकाकाे भाैगाेलिक अवस्थासँगसँगै नगरकाे सांस्कृतिक , अार्थिक , गतिविधि र महत्त्व उल्लेख गर्न र नगरबाट प्राप्त हुने सेवा सुविधाकाे सूची तयार गर्न भनी उल्लेख गरिएकाे छ ।

२) हाम्रा पर्यटकीय स्थलहरू  -कक्षा १ मा स्थानीय रमणीय स्थलकाे नाम बताउन । कक्षा २ मा स्थानीय मेला पर्व हुने स्थलहरूकाे नाम बताउन । कक्षा ३ मा स्थानीय पर्यटकीय स्थलहरूकाे परिचय र महत्त्व बताउन । माेक्षधाम ,सरस्वती पाञ्चायन मन्दिर । कक्षा ४ मा स्थानीय पर्यटकीय स्थलहरूकाे परिचय र महत्त्व बताउन  बाउन्नकाेटी , नन्दभाउजू ताल , कुवँरवर्ती मन्दिर , । कक्षा ५ मा स्थानीय पर्यटकीय स्थलहरूकाे परिचय र महत्त्व बताई संरक्षण कार्यमा सरिक हुन । शंकरनगर वनबाटिका , रामजानकी मन्दिर , डिंगरनगर बाैद्धबिहार । कक्षा ६ मा स्थानीय पर्यटकीय स्थलहरूकाे परिचय र महत्त्व बताई संरक्षण कार्यमा सरिक हुनसँगसँगै श्रृंगेश्वर र सिद्धबाबा मन्दिर ,  कक्षा ७ मा स्थानीय पर्यटकीय स्थलहरूकाे परिचय र महत्त्व बताई संरक्षण कार्यमा सरिक हुन , जितगढी र कक्षा ८ मा स्थानीय पर्यटकीय स्थलहरूकाे परिचय र महत्त्व बताई संरक्षण कार्यमा सरिक हुन , लुम्बिनी , तिलाैराकाेट ।

३) हाम्रो संस्कृति – कक्षा १ मा स्थानीय माैलिक परिकारहरूकाे नाम बताउन । कक्षा २ स्थानीय गीतमा नृत्य गर्न । स्थानीय बाजाहरू पहिचान गर्न । डफला , मनरा। कक्षा ३ स्थानीय बाल खेल खेल्न , स्थानीय गीतको परिचय र महत्व बताउन , साेरठी नाच , लीनाच । कक्षा ४ मा स्थानीय चाडकाे परिचय र महत्त्व बताउन , बड्की अाइतबार । कक्षा ५ मा स्थानीय चाडकाे परिचय र महत्त्व बताउन , माघी । कक्षा ६ मा स्थानीय नाचकाे परिचय र महत्त्व बताउन । विभिन्न थारू नाच , झुमडा , झर्रा , जाेगिडा , मयुर नाच , मारूनी नाच । कक्षा ७ मा स्थानीय परिकार र वेशभूषाकाे परिचय र महत्त्व बताउन , विभिन्न जातजातिका परिकार वेशभूषा तथा गरगहना । र कक्षा ८ मा स्थानीय संस्कृतिको परिचय र महत्त्व बताउन , विभिन्न जातजातिका संस्कार , थारू , बाहाडी , बुकुवा , बघाई चढाउने , गुरूङ अर्बुङ , न्वारन अन्नप्राशन ।

४) हामीलाई सेवा दिने संघसंस्थाहरू – कक्षा १ मा अाफ्नाे विद्यालयकाे सामान्य परिचय दिन । कक्षा २ मा अाफ्नाे अविभावकले काम गर्ने निकाय /स्थलकाे सामान्य परिचय दिन । कक्षा ३ मा तिलाेत्तमा नगरपलिकामा रहेका सरकारी कार्यालयहरूकाे नाम बताउन । कक्षा ४- नगरमा रहेका सार्वजनिक सेवामूलक संघसंस्थाहरूकाे नाम र काम उल्लेख गर्न । खानेपानी तथा सरसफाइ कार्यालय । कक्षा ५ – स्थानीय सञ्चार माध्यमहरूकाे परिचय र महत्त्व उल्लेख गर्न । कक्षा ६ – स्थानीय उद्योगकाे परिचय र महत्त्व उल्लेख गर्न तिलाेत्तमा अाैधाेगिक ग्राम वास सहकारी । कक्षा ७ – स्थानीय सरकारी स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने सेवा र सुविधाहरू बताउन । र कक्षा ८ – प्रादेशिक अस्पतालबाट प्रदान गरिने उपचार सेवाकाे महत्त्व उल्लेख गर्न ।

५) कृषि – कक्षा १- स्थानीय कृषि उपजहरूकाे नाम बताउन । कक्षा २- स्थानीय कृषि उपजकाे  सामान्य परिचय दिन । कक्षा ३ – स्थानीय कृषि उपज र पशुपालनकाे महत्त्व उल्लेख गर्न । कक्षा ४ – नगरकाे विशेष कृषि क्षेत्रकाे परिचय र महत्त्व बताउन । कक्षा ५- नगरभित्रका पशुपालन फर्महरूकाे परिचय , महत्त्व बताउन । कक्षा ६- नगरभित्रका माछापालन फर्महरूकाे परिचय र महत्त्व बताउन । कक्षा ७- नगरभित्रका पंक्षी फर्महरू अष्ट्रिचकाे परिचय र महत्त्व बताउन । र कक्षा ८ – नगरले कृषि प्राेत्साहन गर्न गरेका मुख्य कार्यहरूकाे वर्णन गर्न ।

६ ) वातावरण – कक्षा १- अाफ्नाे घर वरपर रहेका बिरूवाहरू चिन्न । कक्षा २- स्थानीय बाेटबिरूवाहरूकाे महत्त्व बताउन । अाफूले गरेकाे फाेहरकाे व्यवस्थापन अाफै गर्ने । कक्षा ३- घर र विद्यालय वरिपरिकाे सरसफाइ कार्यमा संलग्न रहन । कक्षा ४- अाफ्नाे घर , विद्यालयबाट निस्केका फाेहरलाई वर्गीकरण गर्ने । कक्षा ५- सफा तथा हरित , नगरकाे परिचय र महत्त्व बताउन ।कक्षा ६- स्थानीय प्रदूषणका कारण र असर पहिचान गरि न्युनीकरणका उपायहरू अवलम्बन गर्ने । कक्षा ७ स्थानीयस्तरमा हुने प्रकाेप र विपद् व्यवस्थापनकाे पहिचान गरि यसकाे व्यवस्थापनमा नगरपालिकाकाे भूमिका उल्लेख गर्न । र  कक्षा ८- जलवायु परिवर्तनले स्थानीय तहमा परेकाे असर बताउन । वातावरण संरक्षणमा नगरपालिका र वडाहरूका कार्यहरूकाे सूची तयार पार्न ।

७) हाम्रा जातजाति – कक्षा १- अाफ्नाे नाम र थर बताउन । कक्षा २-अाफ्ना तीन पुस्ताकाे नाम र थर लेख्न । कक्षा ३-हाम्रा स्थानीय जातजातिको सूची तयार गर्न । कक्षा ४- स्थानीय अादिवासी र लाेपाेन्मुख जातजातिकाे परिचय दिन । थारू , पत्थरकट्टा । कक्षा ५- स्थानीय र लाेपाेन्मुख जातिहरूकाे परिचय दिन । मगर , गुरूङ , नेवार र मुसहर । कक्षा ६- स्थानीय लाेपाेन्मुख जातिहरूकाे परिचय दिन र लाेपाेन्मुख हुनका कारण र प्रभाव बताउन । कक्षा ७- स्थानीय अादिबासी , लाेपाेन्मुख जातिहरूकाे रहनसहन बताउने । कक्षा ८- स्थानीय जनजाति अादिबासी तथा लाेपाेन्मुख जातिहरूकाे परिचय दिई उनीहरूकाे भाषा तथा संरक्षणको बारेमा बताउने ।

८) प्राकृतिक उपचार पद्धति एवम् जडिबुटी –कक्षा १- स्थानीय जडिबुटीकाे पहिचान गरि नाम भन्न । कक्षा २- स्थानीय प्राकृतिक जडिबुटीकाे सूची बनाउन । कक्षा ३- स्थानीय प्राकृतिक जडिबुटीकाे परिचय र महत्त्व उल्लेख गर्न । कक्षा ४ – प्राकृतिक उपचार पद्धतिकाे परिभाषा दिई स्थानीय जडिबुटीकाे पहिचान गर्न एवम् उपयाेगिता बताउन । कक्षा ५- प्राकृतिक उपचार पद्धतिकाे परिभाषा र महत्त्व बताई स्थानीय जडिबुटीकाे पहिचान , महत्त्व र उपयाेगिता बताउन । कक्षा ६-प्राकृतिक पद्धतिबाट गरिने उपचार विधि बारेमा बताउन । कक्षा ७- प्राकृतिक उपचार पद्धतिबाट सामान्य राेग पत्ता लगाउने विधिकाे बारे बताउने । कक्षा ८- याेगकाे परिचय महत्त्व र अष्टाङ्ग याेगकाे बारेमा बताउने । सूर्य नमस्कारका १२ चरणको बारेमा बताउने ।

९) स्थानीय श्रम , परम्परागत सीप र प्रविधि तथा समसामयिकता -यो विषय कक्षा १ देखि ३ सम्म समावेस गरिएको छैन  । कक्षा- ४ स्थानीय परम्परागत सीप र प्रविधिमा अाधारित पेशाकाे नाम बताउन । स्थानीय समसामयिक घटनाहरूको सामान्य परिचय दिन । कक्षा ५- स्थानीय परम्परागत सीप र प्रविधिमा अाधारित पेशाकाे परिचय र महत्त्व बताउन । स्थानीय समसामयिक घटनाहरूकाे खाेजी गरी र प्रभाव बताउन । कक्षा ६- स्थानीय परम्परागत सीप र प्रविधिमा अाधारित पेशाकाे उपयाेगिता बताउन । स्थानीय समसामयिक घटनाकाे खाेजी गरी त्यस्ले समाजमा परेकाे सकारात्मक तथा नकारात्मक प्रभाव बताउन । कक्षा ७- स्थानीय परम्परागत सीपकाे सूची तयार गरी कुनै ५ सीपकाे बारेमा बताउन । स्थानीय समसामयिक घटनाहरूको खाेजी गरी तिनकाे महत्त्व बताउने । कक्षा ८- स्थानीय परम्परागत पेशाकाे सूची तयार गरी कुनै ५ पेशा बताउने । स्थानीय समसामयिक घटनाहरूको तुलनात्मक रूपमा विश्लेषण गरी व्याख्या गर्ने ।

प्रकाशित मिति : आइतबार, असार १७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij