सेवाप्रवाहमा सुधार ल्याउन बुटवलका कार्यालय प्रमुखहरुलाई नगर प्रमुख पाण्डेयको निर्देशन

सेवाप्रवाहमा सुधार ल्याउन बुटवलका कार्यालय प्रमुखहरुलाई नगर प्रमुख पाण्डेयको निर्देशन

 

 

बुटवल – बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सेवाप्रवाहमा सुधार ल्याउन बुटवलका कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको छ।

बुटवल उपमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उहाँले बुटवलभित्रका सबै कार्यालयहरुबाट प्रदान गरिने सेवामा सुधार ल्याउँदै जनतालाई सहज रुपमा सेवा दिन निर्देशन दिनुभयो।

उहाँले बुटवल उपमहानगरपालिकाले दिने सेवालाई अझ प्रभावकारी बनाउन नागरिकको पहुँच विस्तार गर्न च्याटबट सञ्चालनमा ल्याएको र सहायता कक्षसमेत सञ्चालन गरेको बताउनुभयो। ुबुटवल उपमहानगरका सेवामा समस्या छन् भने हामी सुधार गर्छौं(उहाँले भन्नुभयो(अरु कार्यालयहरुका समस्या प्राथमिकताअनुसार सुधार गर्दै जान म यहीँबाट अनुरोध गर्छु, बुटवलभित्रका कुनैपनि कार्यालयले समयमा सेवा दिएनन्, जनतालाई दुख दिए र सेवा दिनेक्रममा समस्या आए भन्ने कुरा सुन्नु नपरोस् ।ु

उहाँले बुटवललाई उत्कृष्ट नगर बनाउन बुटवलबासी र बुटवलका संघसंस्थाहरुको पनि उत्तिकै भूमिका हुने बताउनुभयो।

ुघरको फोहोर डस्टविनमा नराखेर बाटोमा फाल्ने, सडकभरि मनपरी पार्किङ गर्ने, प्रतिक्षालयमा समेत पार्किङ गर्ने, हाटबजार, ठेला, इरिक्सामा मनलाग्दी गर्ने अनि बुटवल राम्रो भएन भनेर हुँदैन(उहाँले भन्नुभयो(सबैले सबैतिरबाट सबैले नगरलाई सफा सुन्दर र हराभरा बनाउन र समृद्ध बनाउनका लागि भूमिका खेल्न जरुरी छ।ु

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध बनाउनका लागि सबै पक्षको साथ र सहयोग जरुरी रहेको बताउनुभयो। उहाँले बुटवलभित्रका सरकारी कार्यालयहरुको सेवा प्रवाहमा सुधार ल्याउनका लागि सुझाव दिनुभयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले नगरका सेवासुविधालाई प्रभावकारी रुपमा प्रवाह गर्न तत्पर रहेको भन्दै कुनै गुनासो रहेमा सिधै सुझाव दिन आह्वान गर्नुभयो।

यस्तै प्रवक्ता शिव रानाले नगरको सेवाप्रवाहलाई चुस्त दुरुस्त राख्न जनप्रतिनिधि र कर्मचारी तयार रहेको बताउनुभयो।

बुद्ध सामुदायिक टेलिभिजनको सहजीकरणमा भएको कार्यक्रममा बुटवलभित्र कार्यालय रहेका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इलाका प्रहरी कार्यालय, मालपोत कार्यालय, सडक, खानेपानी, विद्युतलगायतका कार्यालयका प्रमुखहरुले सार्वजनिक सुनुवाईमा सेवाग्राहीले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो।

 

प्रकाशित मिति : बुधबार, असार २७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij