बुटवल -बुटवल १७ मा रहेको श्री नमुना टोल बिकास संस्था ले आज शनिबार सुचना शन्देस र जनचेतना मुलक सामाजिक जागरण अभियान सम्पन्न गरेको छ ।
पछिल्लो समय डेंगुको प्रकोप बढिरहेको सन्दर्भमा यस बाट कसरी बच्न सकिन्छ र समाजमा मादक पदार्थ सेवनको कुलतमा परेर गाउँ समाजको मर्यादा मा विक्रिति र शरिरमा नोक्सानी पुर्याउने जस्ता कार्यहरु जस्ता स्थितिलाई तत्काल रोक लगाउन सहयोग पुराउने उदेश्य ले कार्यक्रमको आयोजना गरिएको मिन बहादुर खाम्चा ले जानकारी गराउनुभयो ।
सो अवसरमा बुटवल वडा नम्बर १७ का अध्यक्ष ज्ञान बहादुर रेस्मी ले सामाजिक परिवर्तन को लागी परिवारको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । पछिल्लो समय विकृती ,अपराध र चोरी जस्ता कार्य मौलाउदै गएको बताउदै यसमा सर्बप्रथम आम नागरिक नै सचेत हुन जरुरी रहेको बताउनुभएको हो साथै उहाँले वडामा हुने हरेक समस्याका विषयमा समाधानको निम्ती आफू हमेसा तयार रहेको बताउनुभयो ।
मोतीपुर स्वास्थ्य चौकी प्रमुख कल्पना पौडेल ले अहिलेको अवस्थामा डेंगु रोगको बारेमा जानकारी दिदै डेंगु के हो कसरी सर्दछ र यस बाट कसरी बच्न सकिन्छ भन्न्ो विषयमा जानकारी गराउदै यसको नियन्त्रण को निम्ती अपनाउने उपाय को बारे जाकारी गराउनु भयो ।
साथै उहाँले तनाव, चिन्ता, समस्या, चुनौतीसंग सामना गर्न नसक्नेहरु युवाहरु लागूपदार्थ सेवन गर्न तर्फ अग्रसर भइ यो सेवन गर्दा बानी व्यहोरा तथा दैनिक क्रियाकलापमा परिवर्तन भइदिने भएकाले यसको निम्ती समयमै परिवार सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
टोल बिकास संस्थाका अध्यक्ष धर्म बहादुर बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा स्वास्थ्य नै धन हो ,पानी जम्ने खाल्डा खुल्डी पुरौ ,लागु पदार्गको सेवन कसैले नगरौ ,मादक पदार्थको सेवन गरि समाजमा हो हल्ला नगरौ ,डेंगु रोगको संक्रमण बाट बचौ लेखिएको प्ले कार्डहरु प्रदर्शन गरिएको थियो ।
कार्यक्रम खिमानन्द ज्ञवालीको स्वागत एवम चिन बहादुर गुरुङ को संचालन मा सम्पन्न भएको हो । जनप्रतिनीधिहरु ,टोल बिकास संस्थाका अध्यक्षहरु र स्थानिय हरुको कार्यक्रममा सहभागीता रहेको थियो ।
प्रकाशित मिति : शनिबार, साउन ६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्