आज पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज पाँच प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै – देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । नेपालमा मनसुनी वायुसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव परेकाले धेरै ठाउँमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित ठूलो वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति पनि कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी  प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने हुँदा सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

प्रकाशित मिति : सोमबार, साउन २२ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij