JanataToday.com

Advertisment

SKIP THIS

शुभलाभ सहकारीको १५ औं वार्षिक साधारणसभा सम्पन्न

शुभलाभ सहकारीको १५ औं वार्षिक साधारणसभा सम्पन्न

 

बुटवल,

शुभलाभको लक्ष्य सुखी र समृद्ध सदस्य’ भन्ने मुल नारासहित बुटवल – ८ मा स्थापित सहकारी शुभ लाभ बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा बुधबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । सहकारीका अध्यक्ष लालकाजी राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख गुणाकर खनालको प्रमुख आथित्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै खनालले सहकारीमा प्रत्येक सदस्यको लगानी भएकाले यसलाई चलायमान बनाउन आर्थिक पारदर्शीता कायम हुनुपर्ने बताए । उनले पछिल्लो समय केही सहकारीले आर्थिक हिनामिना गरी सहकारी बन्द गरेकोले त्यसैको पछि लागेर सबै सहकारीलाई नराम्रो दृष्लिे नहेर्न सदस्यहरुलाई आग्रह गरें ।

कार्यक्रममा सहकारीका अध्यक्ष लालकाजी राजभण्डारीले अध्यक्षको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष प्रविणमान श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समिति सदस्य रामनाथ गौतमले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।

कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष प्रेमप्रकाश शर्मा, सल्लाहकार नुमाकान्त चापागाईं, शेयरसदस्यहर लक्ष्मी श्रेष्ठ र रमेशप्रसाद बस्यालले मन्तव्य राखेका थिए ।

कार्यक्रममा निजी तथा सरकारी विद्यालयबाट कक्षा १२ मा उत्कृष्ट जीपीए प्राप्त गर्ने, एमबीबीएस, एमडी, इन्जिनियरिङ्ग, नर्सिङ्ग, सिएलगायतका विषयमा स्नातकोत्तर तह उत्तीर्ण गर्ने शेयर सदस्यका छोराछोरी, ज्येष्ठ शेयर सदस्यहरु राज कुमार श्रेष्ठ र जमुना खराल, शेयर सदस्य वृद्धिका लागि विशेष योगदान दिएका बालकृष्ण खरेललगायतलाई सहकारीले सम्मान गरेको थियो ।

सहकारीले शेयर सदस्यहरुका लागि धितो कर्जा, घर जग्गा कर्जामा लागेको व्याजमा ५ प्रतिशत छुट, ज्येष्ठ शेयर सदस्यलाई धार्मिक तिर्थाटन, महिला सदस्यलाई सुत्केरी पोषण सुविधा, औषधी खरिदमा १२ प्रतिशत छुट, दात÷मुख परीक्षणमा ३० प्रतिशत छुट, ल्याब टेष्टमा ४० प्रतिशत छुट, दुर्घटना स्वास्थ्य उपचार विमा, मासिक बचतमा महिनैपिच्छे व्याज प्रदानलगायतका विभिन्न सेवा तथा सुविधाका कार्यक्रमहरु प्रदान गरेको छ ।

सहकारीमा २ सय ४२ जना महिला र २ सय ७६ जना पुरुष गरी जम्मा ५ सय १८ जना शेयर सदस्यहरु संस्थामा आवद्ध रहेका छन् । सहकारीका उपाध्यक्ष वसन्त कुमार जोशीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव ज्ञान बहादुर पुनले गरेका थिए ।

No description available.

प्रकाशित मिति : बुधबार, असोज ३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij