विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने

विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने

बुटवल – शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आईएमईसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ । ग्राहकहरूले अब कुनै पनि समयमा आईएमई रेमिटेन्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् ।

आधुनिक बैंकिङ्गलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राखेको यस बैंकले ग्राहकहरुलाई बैंकमा उपस्थित नभईकन पनि अनलाइनबाटै रेमिट्यान्स रकमको भुक्तानी लिन सकिने यस व्यवस्थाले धेरै नै लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसअघि, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा इसेवा रेमिट्यान्स (ईएमटी) सेवालाई पनि एकीकृत गरेको थियो, जसले गर्दा ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स प्राप्त गर्न सकिनथ्यो । आगामी दिनहरुमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले अन्य रेमिट्यान्स सेवाहरु पनि एकीकृत गर्ने योजना बनाएको छ ।

सन् २००१ मा स्थापित आइएमई विप्रेषण सेवा प्रदायक नेतृत्वदायी रेमिटेन्स कम्पनी हो । जसले आजभन्दा २२ वर्ष अघि औपचारिक माध्यामबाट पहिलोपटक नेपालमा विदेशी मुद्रा भित्र्याउने कार्यको थालनी गरेको थियो । काठमाडौको पानीपोखरीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले अमेरिका, मलेशिया, बेलायत, अष्ट्रेलिया, युएइ, कतार, साउदी अरव, जापान र भारत लगायतका मुलुकहरुबाट विभिन्न अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा रेमिट्यान्स भित्रयाउँदै आएको छ ।

आइएमई मुख्यत विश्वव्यापी रूपमा विप्रेषणको कारोवार गर्ने एवम् विदेशमा रहेका नेपालीहरुले दुःख गरि आर्जन गरेर पठाएको रकम सुरक्षित तरिकाले नेपालमा रहेका आफन्तहरूसम्म पु¥याउने माध्यम हो ।

प्रकाशित मिति : सोमबार, असोज ८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij