JanataToday.com

Advertisment

SKIP THIS

रुपन्देहीको बेलहिया नाकाबाट १० लाख भारुसहित तीन जना पक्राउ

रुपन्देहीको बेलहिया नाकाबाट १० लाख भारुसहित तीन जना पक्राउ

?????????????????????????????????????????????????????????

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ डण्डाबाट सशस्त्र प्रहरीले १० लाख भारतीय रुपैयाँसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित भारत महाराजगन्ज जिल्ला सुनौली ग्रामपञ्चायत २० सुनौली बस्ने ३८ वर्षीय राजु कौशल, गोरखपुर जिल्ला हमायुपुर दक्षिण गोरखपुर बस्ने ४० वर्षका अभिनव जैसवाल र ३४ वर्षीय आस्तिक त्रिपाठीलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेक्का का प्रवक्ता डीएसपी दुुर्गा बहादुर थापाले जानाकारी दिए।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बेलहियाबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ७३५० नम्बरको होटल लाकौल र प्रदेश ०१–०२६ च ३६५२ नम्बरको नान्स होटलको भ्यानमा सवार उनीहरूको साथमा रहेको उल्लिखित भारतीय रुपैयाँको स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो।
पक्राउ परेका राजु कौशलको साथमा ९ लाख तथा अभिनव जैसवाल र आस्तिक त्रिपाठीको साथमा १ लाख भारतीय रुपैयाँ फेला परेको डीएसपी थापाले बताए।

प्रकाशित मिति : सोमबार, असोज १५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij