प्रतिनिधिसभामा आज शिक्षा विधेयकमाथि उठेका प्रश्नको मन्त्रीले जवाफ दिने

प्रतिनिधिसभामा आज शिक्षा विधेयकमाथि उठेका प्रश्नको मन्त्रीले जवाफ दिने

file

काठमाडौं : संघीय संसद अन्तरगत प्रतिनिधिसभामा आज विद्यालय शिक्षा विधेयकमाथि उठेका प्रश्नको शिक्षामन्त्रीले जवाफ दिने भएका छन्।

 

 

दिउँसो १ बजे बस्ने बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

विधेयकमाथि शुक्रबार सैद्धान्तिक छलफल भएको थियो। सांसदले सरोकारवालाको चासो र अहिलेका आवश्यकतालाई ध्यानमा राखेर विधेयक संशोधन गर्नुपर्ने सुझाब दिएका थिए।

यस्तै आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले “विद्युत विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

प्रकाशित मिति : आइतबार, असोज २१ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij