भैरहवा – रुपन्देहीको सियारी गाँउपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले भुकम्पका कारण बिपत्तीमा परेका नागरिकका लागि एक महिनाको सेवा सुबिधा दिने बताएका छन् ।
गाउँपालिकाको आईतवार बसेको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै अध्यक्ष घिमिरेले विपत्तीमा परेकाहरुको राहत तथा उद्दारमा सहयोग पुगोस भन्ने भावनाले एक महिना बराबरको सेवा सुबिधा प्रदान गरेको बताए ।
शुत्रबार मध्य राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्र बिन्दु बनाएर आएको भुकम्पले ठुलो मात्रामा जनधनको क्षती पु¥याएको थियो ।
त्यस्तै कार्यपालिका सदस्य तथा गाउँसभा सदस्यहरुले पाँच दिनको सेवा सुबिधा बराबरको सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष घिमिरेले जानकारी दिए ।
अध्यक्ष घिमिरेले बिपत्तीमा परेका आम नागरिकलाई सहयोग गर्न स्वदेश तथा बिदेशमा रहेको सबै सियारीवासी नागरिकलाई आग्रह समेत गरेका छन् ।
उनले सियारी गाउँपालिकाको प्रकोप व्यवस्थापन कोष खाता मार्फत भुकम्प पिडित परिवारलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।
गाउँपालिकाको एनआईसि एसिया बैकमा रहेको खाता नम्बर ०९३२०५००१४९४१०२५ मा सहयोग गर्न चाहेको रकम जम्म गरी मानविय सेवामा लाग्न गाउँपालिकाल
े आग्रह गरेको छ ।
प्रकाशित मिति : आइतबार, कार्तिक १९ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्