नेपाली कांग्रेस जिल्ला सम्मेलन भोली, सभापति देउवाले सम्बोधन गर्ने

नेपाली कांग्रेस जिल्ला सम्मेलन भोली, सभापति देउवाले सम्बोधन गर्ने

भैरहवा – नेपाली कांग्रेस रुपन्देहीको जिल्ला सम्मेलन मंगलरबार भैरहवाको भैरहवाको पटवा बैंक्वेटमा हुदैछ । कार्यक्रमलाई कांग्रेस केन्द्रिय सभापति शेर बहादुर देउवा संगै अन्य केन्द्रिय नेताहरुले सम्बोधन गर्ने आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रमबारे जानकारी दिने उद्देश्यले सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले सम्मेलनमा ३ हजार ४५ जना प्रतिनिधि एवम अन्य शुभचिन्तकहरुको सहभागीता रहने जनाए । सम्मेलनले अहिले कांग्रेसमा रहेको गुटको राजनितिलाई न्यूनिकरण गर्ने खाँणले बताए । “गुटलाई पूर्ण रुपमा हटाउन सकिदैन, यसलाई न्यूनिकरण गर्दै लैजाने हो ।” उनले भने “यस संगै सम्मेलनमा कांग्रेसलाई थप बलिया कसरी बनाउन सकिन्छ भन्ने बिषयमा छलफल गर्नेछौं ।”

लुम्बिनी प्रदेशको १२ वटै जिल्लाहरुको जिल्ला सम्मेलन पछि यहि मंसिर १६ र १७ गते बुटवलमा प्रदेश सम्मेलन गर्ने तयारी रहेको जिल्ला सभापति खाँणले जानकारी दिए ।

कार्यक्रममा उपस्थित नेपाली कांग्रेसका केन्द्रिय सदस्यद्वय अब्दुल रज्जाक र भरत कुमार शाहले नेपाली कांग्रेस स्पष्ट रुपमा संघियताको पक्षमा रहेको बताए । उनिहरुले सम्मेलनले संघियताको बिषयमा कांग्रेसलाई थप स्पष्ट पार्ने बताए । यस्तै कांग्रेस ठूलो पार्टी भएतापनि यसलाई अझै गतिशिल बनाउन, अझै क्रियाशिल बनाई कार्यकर्ताको मनोबललाई बढाउन सम्मेलन सहयोगी हुने केन्द्रिय सदस्यद्वयको भनाई थियो ।

 

प्रकाशित मिति : सोमबार, मंसिर ११ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij