JanataToday.com

Advertisment

SKIP THIS

प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब देवदह

प्रथम देवदह मिडिया कपको च्याम्पियन बन्यो देवदह प्रेस क्लब देवदह

 

देवदह- रुपन्देहीको देवदहमा संचालित प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ फुटबल प्रतियोगिताको उपाधी देवदह प्रेस क्लबले जितेको छ। फाईनल खेलमा बुद्ध सामुदायिक टेलीभिजनलाई हराउदै देवदह प्रेस क्लब प्रतियोगिताको च्याम्पियन बनेको हो । आईतवार भएको फाईनल खेलमा देवदह प्रेस क्लबले बुद्ध सामुदायिक टेलीभिजनलाई ४-० को अन्तरले पराजित गरेको छ । देवदह प्रेस क्लबका जर्सी नं १० का किशोर पाठकले २ गोल , जर्सि नं ७ का पवन पौडेलले १ गोल र जर्सि नं ६ का लक्ष्मण न्यौपानेले १ गोल गरेका थिए। जितसंगै देवदह प्रेस क्लबले नगद ५१ हजार १११ रुपैयाँ राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेतामा चित्त बुझाउनु परेको बुद्ध सामुहिक टेलिभिजनले नगद ३१ हजार १११ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। बुद्ध टेलिभिजनका कप्तान रोहित चौधरी उत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा सर्वाधिक गोलकर्ता लुम्बिनी प्रेस क्लबका खेलाडी जयकेश हरिजन बने । देवदह प्रेस क्लबको आयोजनामा भएको प्रथम देवदह मिडिया कप फुटबल प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ टिम सहभागिता रहेको थियो। विजेता खेलाडीहरुलाई एक कार्यक्रमका वीच लुम्बिनी प्रदेशका समाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, बुद्ध सामुदायिक वनका अध्यक्ष टेक बहादुर राना लगायतले प्रदान गरेका थिए । देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोख्रेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

प्रकाशित मिति : आइतबार, मंसिर १७ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij