गण्डकी प्रदेशका सभामुखको टोलिलाई लुम्बिनी प्रदेश सभामा स्वागत

गण्डकी प्रदेशका सभामुखको टोलिलाई लुम्बिनी प्रदेश सभामा स्वागत

दाङ,

गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालको टोलिलाई लुम्बिनी प्रदेश सभा सचिवालयले स्वागत गरेको छ ।

अन्तरप्रदेश भ्रमणका क्रममा लुम्बिनी प्रदेशकाे राजधानी राप्ती उपत्यका देउखुरी आएको गण्डकी प्रदेशका सभामुख धितालको टोलिलाई बुधबार लुम्बिनी प्रदेश सभामा स्वागत गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर,उप सभामुख मेनुका खाड केसी, प्रदेश सभा सदस्य मिना बुढामगर,मिना कुमारी श्रेष्ठ,प्रदेश सभा सचिब दुर्लभ कुमार पुन लगायतले उनिहरुलाई स्वागत गरेका हुन् ।

गण्डकी प्रदेश सभाका सभामुखकाे टोलिले लुम्बिनी प्रदेश सभाहलको अवलोकन गर्नुका साथै प्रदेश सभाको काम कारबाही बारे अनुभव आदानप्रदान गरिएको सचिवालयले जनाएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख घर्ती मगरले प्रदेश सभा र स्थानीय तहलाई जोड्ने उदेश्यले स्थानीय तहसंग प्रदेश सभा, प्रदेश सभामा बिद्यार्थी पहुँच कार्यक्रम सञ्चालन गरिएको जानकारी गराउदै यसको सकारात्मक प्रभाव परेको बताए ।

गण्डकी प्रदेशका सभामुख धितालले आफुले अस्ट्रेलियाको संसद मोडेल हेरेको बताउदै त्यहाको संघीयतामा भन्दा नेपाली मोडेल नंया र बढी समाबेशि रहेको दाबी गरे ।

लुम्बिनी प्रदेश सभाको भौतिक संरचना बेलायती मोडेल भएको आफुले पाएको उनले बताए ।

त्यस्तै गण्डकी प्रदेश सभाका सचिब हरि प्रसाद पोख्रेलले लुम्बिनी प्रदेशबाट सिक्नु पर्ने कुरा धेरै भएको बताउदै कर्मचारीको अभावका बीच पनि प्रदेश सभाको काम कार्बाही राम्रो गरेको बताए ।

प्रकाशित मिति : बुधबार, पुष १८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij