१० लाख दर्शक र ५० करोडकाे कारोवार गरेर सकियो लुम्बिनी एक्स्पो २०८०

१० लाख दर्शक र ५० करोडकाे कारोवार गरेर सकियो लुम्बिनी एक्स्पो २०८०

बुटवल,१८ पुस ।

बुटवल मण्डपमा पुष ५ गते विहिवारबाट सुरु भएको लुम्बिनी एक्स्पो २०८०,अन्तराष्ट्रिय व्यापार मेला बुधवार सकिएको छ ।

 

‘स्वरोजगार आत्मनिर्भरता हाम्रोआधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ १४ दिनसम्म सञ्चालन भएको एक्स्पोकाे बुधबार मेला स्थल बुटवल मण्डपमा एक विशेष कार्यक्रमकावीच समापन गरिएको हो ।

 

सो अवसरमा प्रदर्शनी मुल आयोजक समितिका संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले एक्स्पो यस क्षेत्रका लागि एक पहिचान र उत्सव नै बनेको बताउँदै आयोजना सफल बनाउन तयारी देखि समापनसम्म प्रत्यक्ष एवं

अप्रत्यक्ष सहयोग पु¥याउने सबैप्रति आभार व्यक्त गरे ।

 

अध्यक्ष घिमिरेले राजधानी बाहिर निर्माण हुँदै गरेको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा आधुनिक डिजाइनमा ऐतिहासिक रुपमा एक्स्पो सम्पन्न भएको बताए ।

 

एक्स्पोमा संघले राखेको दर्शक र कारोवारको लक्ष्य पुरा भएकोमा खुशी व्यक्त गर्दै उनलेे व्यवसायीहरुले पछिल्ला दिनमा सामना गर्नु परेको आर्थिक संकट र व्यवसायिक अस्थिरताको अन्त्य गरी बजारलाई चलायमान बनाउन एक्स्पोले केहि

सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

 

उनले एक्स्पोको आयोजना सम्पन्न गर्न मद्दत पु¥याउने सम्पूर्ण संघ÷संस्था,संचारकर्मी, सहभागी उद्योग, कलाकार, दर्शक, उपभोक्ता, कर्मचारीहरु तथा अन्य महानुभावहरुलाई धन्यवाद दिए ।

 

अध्यक्ष घिमिरेले मेलाका अवसरमा जातिय, भाषिक तथा सांस्कृतिक हिसावले हामी नेपालीहरुमा रहेको वलियो एकतालाई सन्देशमुलक बनाउने उद्देश्यले मेला स्थलमा बनाएको पर्यटन पार्कको प्रस्तुतिले नेपाली नेपालीलाई एकै मालामा बाधेको सन्देश पस्केको बताए ।

 

मेलाका अवसरमा कृषिलाई प्राथमिकता दिएर थप व्यवस्थित र विषेश आर्कषक बनाएको उल्लोख गर्दै उनलेे कृषि पेभिलियनमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाभित्रका उत्पादनहरुलाई प्राथमिकता दिएर समावेश गरिएको जनाए ।

 

समापन समारोहमा प्रदर्शनीमा सहभागी स्टलहरुको मूल्याङ्कन गरी पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : बुधबार, पुष १८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij