इन्टलेक्चुअल स्कूलमा खेल सप्ताह शुरू

इन्टलेक्चुअल स्कूलमा खेल सप्ताह शुरू

बुटवल-बुटवल ११ कालीकानगरमा रहेको इन्टलेक्चुअल स्कूलमा बुधबारदेखी खेलकुद सप्ताह शुरू गरीएको छ खेलकुद मार्फत विद्यार्थीहरुको प्रतिभाको छनोट गर्नका लागि आयोजीत खेलकुद सप्ताहका क्रममा सदनात्मक तथा कक्षागत रूपमा बिद्यार्थीहरुलाई विभाजन गरि प्रतियोगिता गराईने छ। नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी हुने खेलकुद कार्यक्रममा भलिवल, फुटसल,रीले दौड सटपट, हाइजम्प, लमजम्प, टेबलटेनिस, ब्याटमिन्टन, ज्यावलिङ थ्रो, कुर्चिदौड, साइकिल दौड, बास्केटबल,खो खो लागायतका खेलहरूमा प्रतिस्प्रर्धा गराईने छ।खेल सप्ताहको उदघाटन गर्दै स्कूल सञ्चालक तथा प्रबन्ध निर्देशक रामराज पोख्रेलले खेलकुदले बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि सहयोग गर्ने बताउनुभयो। अतिरिक्त क्रियाकलाप संयोजक सुरज बिकको अध्यक्षतामा भएको उदघाटन कार्यक्रमको सन्चालन कोर्डिनेटर मित्रजन भन्डारीले गर्नुभएको थियो । खेलासप्ताह आइतबारसम्म चल्ने छ।

प्रकाशित मिति : बुधबार, पुष २५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij