राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीकाे प्रचारप्रसार विभाग गठन

राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीकाे प्रचारप्रसार विभाग गठन

राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीकाे प्रचारप्रसार विभाग गठन गरिएको छ । शनिबार तिलाेत्तमामा भएकाे कार्यक्रममा रुपन्देही जिल्ला सचिव दिपेश कडेलकाे अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरी समितिलाई पूर्णता दिइएकाे हाे । जसकाे उपप्रमुखमा जयप्रकाश राय र सचिवमा स्वस्तिक श्रेष्ठ चयन भएका छन् । सदस्यहरूमा छायाँ पन्थ , वसन्तराज बराल , डिबी सुस्लुङ , विष्णु घिमिरे चयन भएका छन् । त्यसैगरी दिपेन्द्र गिरी , अर्जुन यादव , राेशन कार्की , सञ्जिव श्रेष्ठ , अनिल शेरचन , कमल गाैडेल , शंकर पाण्डे , साजन थापालगायत चयन भएकाे समितिले जनाएको छ ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश ईन्चार्ज केशब राेक्काले पार्टीका सकारात्मक कुरा जनतालाई बुझाउन जरूरी रहेकाे बताए । उनले पार्टीका कतिपय सकारात्मक कुरा जनता समक्ष पुर्‍याउन नसक्दा भ्रम सृजना भएकाे बताए ।

जिल्ला अध्यक्ष विकासजंग बस्नेतले समितिले अायाेजना गर्ने खुल्ला फुटसलले सकारात्मक सन्देश दिने बताए ।
नेकपा एमाले रुपन्देही जिल्ला सचिवालय समिति सदस्य यम पाण्डे युवा संघका सकारात्मक गतिविधिले भ्रम हटाउन सहयाेग पुग्ने बताए ।

राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश ईन्चाज केशव रोक्काको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल रुपन्देही ईन्चाज बुद्धि थापा, राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय लेखा आयोग सदस्य ईश्वर न्याैपानेलगायतकाे उपस्थिति रहेकाे थियाे ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटी प्रचार प्रसार विभागलाई पूर्णता दिइनुका साथै साेही कमिटीको आयोजनामा यहि माघ २० र २१ गते खुल्ला फुटसल प्रतियोगिता गर्ने निर्णय गरिएकाे छ ।

कार्यक्रमकाे समापन गर्दै विभाग अध्यक्ष दिपेश कडेलले युवा संघका सम्पूर्ण कामहरूलाई प्रचारप्रसार गर्न जाेड दिनुपर्ने  र सबै एकजुट भएमा बलियाे हुनेमा जाेड दिए ।
अध्यक्ष दिपेश कडेलले नकारात्मक कुरा हटाउनु पर्ने , युवा संघका सम्पूर्ण कामहरूलाई प्रचारप्रसार गर्न जाेड दिनुपर्ने बताए ।

प्रकाशित मिति : शनिबार, माघ ६ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij