राष्ट्रिय सभा चुनाव : आज रातिदेखि माैन अवधि, प्रचारप्रसार गर्न राेक

राष्ट्रिय सभा चुनाव : आज रातिदेखि माैन अवधि, प्रचारप्रसार गर्न राेक

काठमाण्डाै – राष्ट्रिय सभा सदस्य चुनावका लागि भरे राति १२ बजेदेखि मौन अवधि लागू हुने भएको छ ।

निर्वाचन आयोगले विज्ञप्ति निकालेर भरे रातिदेखि मतदान नसकुन्जेलसम्म उम्मेदवारका पक्ष–विपक्षमा प्रचार गर्न, कुनै पनि माध्यमबाट मत माग्न, चुनावसम्बन्धी भेला–गोष्ठीलगायतका काम गर्न नपाइने जनाएको छ ।

आउँदो फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १९ सदस्य पदका लागि माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । यस चुनावबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यहरूको पदावधि फागुन २१ गतेदेखि ६ वर्षसम्म रहनेछ ।

 

अन्तिम अपडेट: माघ ८, २०८०

प्रकाशित मिति : सोमबार, माघ ८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij