बुटवल १० मा १५ दिने कफी र वेटर तालिम शुरु

बुटवल १० मा १५ दिने कफी र वेटर तालिम शुरु

बुटवल उपमहानगरपालिका वडा नम्बर १० मा  १५ दिने कफी र वेटर तालिम शुरु भएको छ । साेमबार वडा कार्यालयकाे कवर्ड हलमा भएको कार्यक्रममा वाड अध्यक्ष बल बहादुर पुनले ब्यानर पढेर उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उनले वडा नं १० मा रहेका युवायुवतीहरुलाई केही सीप सिकाएर दक्ष र अब्बल बनाउन सकेमा युवायुवतीहरुले स्वदेशमै रोजगारीकाे अवसर पाउने बताए ।

कार्यक्रममा वडा १० का सदस्य रमेश प्रसाद अधिकारीले धेरै युवाहरू विदेशिन बाध्य भएकाे अवस्थामा युवाहरुलाई यस्तै किसिमका तालिमहरु दिएर देशमै स्वरोजगार बनाउन सकिनेमा जाेड दिए ।

वर्ल्ड स्कूल अफ टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्ट प्रालिका सञ्चालक विशाल श्रेष्ठले १२ वर्षकाे अवधिमा  धेरैलाई तालिम दिइएको बताए । उनले बारिस्टा, बेकरी, बारटेन्डिङ  हाउसकिपीङ  ,कुकिङ  मिक्सोलो जी , जस्ता कोर्सहरु सिकेर आत्मनिर्भर बन्न आह्वान गरेका  थिए ।

कार्यक्रममा  वडा नम्बर १० का सदस्य यमुना काउचा, मिन सारु , रामनगर सामुदायिक वनका अध्यक्ष रुद्र हमाल , समाजसेवी बुद्धिजीवी हुम प्रसाद अधिकारी, डिल्लीराज अर्याललगायतको सहभागिता रहको थियो।

वाड सदस्य रमेश प्रसाद अधिकारीकाे अध्यक्षतामा र संयोजनमा रहेको कार्यक्रमकाे सञ्चालन सचिव गणेश प्रसाद न्यौपानेले गरेका थिए ।

प्रकाशित मिति : सोमबार, माघ ८ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij